Thursday 9th April 2026

चरित्र अभिनेता अालोक नाथ माथि पनि याैन शोषणको अारोप


तितोपाटी – तनुश्री दत्ता मामलापछि अब थुप्रै महिलाले आफूविरुद्ध भएको यौन शोषणको खुलेर आवाज उठाउन थालेका छन् । नाना पाटेकर, कैलाश खेर र विकास बहलमाथि लागेको यौन शोषण र हिंसाको आरोपपछि अब लेखिका र फिल्मनिर्माता विन्ता नन्दाले आलोक नाथविरुद्ध यौन शोषणको आरोप लगाएकी छिन् ।

विन्ताले निकै लामो फेसबुक पोष्टमार्फत घटनाको सबिस्तार जानकारी दिएकी छिन् । यद्यपी, उनले आलोक नाथको नाम नलिइकनै पोष्ट लेखिन्, ‘उनले ममाथि शारिरिक दुर्व्यवहार गरे, जब म सन् १९९४ को चर्चित कार्यक्रम ‘तारा’ का लागि काम गरिरहेको थिएँ ।’ त्यसपछि आलोक नाथको पनि बयान पनि सार्वजनिक भएको छ ।

विन्ताले आफ्नो कुरा मात्र लेखिनन् । उक्त कार्यक्रमका बेला मुख्य नायिका नवनित निशानमाथि भएको घटनाको पनि जानकारी दिइन् । उनका अनुसार एक सीनको क्रममा आलोक सेटमा रक्सी पिएर आएको र त्यसपछि शुटिङ गरिरहेका बेला नवनितमाथि खसेपछि उनलाई नवनितले थप्पड हानेकी थिइन् ।

हुन त विन्टाले यो फेसबुक पोष्टमा आलोकनाथको नाम लेखेकी छैनन् तर जुन कार्यक्रम र जसरी उनले संस्कारी शब्दको प्रयोग गरेकी छिन् त्यसबाट स्पष्ट हुन्ट कि उनी आलोकनाथबारे नै कुरा गरिरहेकी छिन् । आइएएनएसका अनुसार एक कुराकानीमा विनताले फेसबुकमा जुन व्यक्तिको कुरा गरिरहेकी थिइन् ती आलोकनाथ नै भएको स्विकार गरेकी छिन् ।

लामो फेसबुक पोष्टमा विनताले लेखिन्, ‘उनकी श्रीमती मेरो राम्री साथी थिइन् । हामी एकअर्काको घरमा आउजाउ गर्दथ्यौं । हाम्रा साथीहरु पनि एकै थिए धेरैजसो थिएटरका । म त्यतिबेला टिभीको कार्यक्रम ‘तारा’ लेखिरहेकी थिएँ र यसको प्रोडक्शन पनि गरिरहेकी थिएँ । उनी मेरो लिड गर्लको पछि हात धोएर लागेका थिए तर उनलाई भने आलोकनाथमाथि कुनै रुची थिएन ।’

आलोक नाथको स्पष्टिकरणः

यसबारे आलोक नाथले भारतीय संचार माध्यमसँगको कुराकानीमा भनेका छन्, ‘आजको जमानामा यदि कुनै महिला कुनै पुरुषमाथि आरोप लगाउँछिन् भने पुरुषको कुनै पनि प्रतिक्रिया र स्पष्टीकरणले महत्व राख्दैन । म विन्टालाई राम्रोसँग चिन्दछु । यो मामलामा म चुप नै बस्न चाहन्छु । उनलाई आफ्नो विचार साझा गर्ने हक छ । समय आएपछि सही कुरा के हो त्यसबारे थाहा हुने नै छ । अहिले म यो कुरा पचाउने कोसिस गरिरहेको छु । यसबारे पछि प्रतिक्रिया दिनेछु ।’


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...