Friday 13th March 2026

साफ यु – १८ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित


तितोपाटी – नेपाल भुटानमा सम्पन्न साफ यु–१८ महिला च्याम्पियनसिपको उपाधि हात पार्नबाट चुकेको छ। भुटानको राजधानी थिम्पु स्थित चाङलिमिथाङ रंगशालामा भएकाे खेलमा नेपाल बंगलादेशसँग १-० काे हार व्यहाेर्न वाध्य भयाे।

समुह चरणमा भाेगेकाे हारकाे बदला लिँदै उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रेकाे नेपाली टाेली पुन: एकपटक बंगलादेशसँगनै महत्वपूर्ण खेलमा पराजित हुन पुग्याे। पहिलाे हाफकाे खेल गाेल रहित बराबरीमा सकिए पनी दाेस्राे हाफ सुरु भएकाे चाैथाे मिनेटमा नै नेपाली टाेलीले गाेल खान पुग्याे ।

बंगलादेशका लागि एकमात्रै विजयी गाेल खेलकाे ४९ अाैं मिनेटमा मसुरा परविनले गरिन्। प्रतियाेगिताकाे सर्वाधिक गाेलकर्ता नेपालकी रेखा पाैडेल भइन्।


सम्बन्धित शीर्षकहरु

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका…

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

प्रतिकृयाहरू
...