Tuesday 11th August 2026

महोत्तरीमा प्रधानाध्यापकले गरे दलित छात्रलार्इ विद्यालय प्रवेश निःषेध


तितोपाटी – महोत्तरीमा डोम समुदायका छात्रलाई प्रधानाध्यापकले विद्यालय प्रवेशमा रोक लगाएका छन् । देशभर विद्यालय भर्ना अभियान चलिरहँदा विद्यालयमा प्रधानाध्यापकले विद्यार्थीलाई फूलमाला लगाएर स्वागत गर्ने जिम्मेवारी पाएका छन् । तर शिक्षामन्त्री गिरिराजमणि पोखरेलकै निर्वाचन क्षेत्रमा विद्यालय पढन गएका डोम जातिका छात्र विद्यालयबाट निकालिएका छन् । शिक्षकले नै डोम विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाएका हुन् ।

भंगहा नगरपालिका–९ हरिनमरीस्थित किशोरी जनता माविका प्रधानाध्यापक (प्रअ) मनोहर यादवले डोम विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाएको पीडित परिवारले बताएका छन् । कक्षा ७ मा अध्ययनरत छात्र मुकेश मल्लिकलाई प्रअ यादवले विद्यालय प्रवेशमा रोक लगाएका हुन् । नियमित झैं विद्यालय पढन आएका मुकेशलाई मंगलबार प्रअ यादवले कहिल्यै नआउनु भन्दै विद्यालयबाट निकालिदिएको आमा अनिता देवीले बताइन् ।

विद्यालयका लेखापाल राकेश यादवले विद्यालय बन्द गरी हजुरआमाको शुद्धिको भोज गरेका थिए । विद्यालय परिसरमै फालिएको भोजको पात मुकेशको घरमा रहेका सुँगुरले छरेका थिए । विद्यालय समयमा गन्हाएको भोजको पात फ्याँक्न नमानेपछि विद्यालयबाट निकालिएको मुकेशले बताए । तर, प्रअ यादवले मुकेश बुधबार पढन विद्यालय आएको दाबी गरे ।

कक्षा ७ मा अध्ययनरत मुकेशका सहपाठी ऋतिकरोशन दासका अनुसार प्रअ यादवले उनलाई चर्को स्वरमा विद्यालय नआउनु भन्दै निकालेका थिए । विद्यालयका पूर्वविद्यलाय व्यवस्थापन समितिका अध्यक्ष रामविहारी यादवले प्रअले अमानवीय काम गरेको बताए । आर्थिक अवस्था कमजोर हुँदा शिक्षाबाट वञ्चित दलित समुदायका छात्रलाई विद्यालयमा आउन प्रतिबन्ध लगाएर अमानवीय काम गरेकाले दोषीलाई दण्डित गर्नुपर्ने यादवले माग गरे ।

प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव देवीराम भण्डारीले पीडित छात्र र विद्यालयका शिक्षकबीच छलफल गरी दोषीलाई कारबाही गरिने बताए । विद्यालय आउन प्रतिबन्ध लगाएका प्रअले तीन वर्षअघि राकेश मल्लिकलाईसमेत कुटपिट गरी विद्यालयबाट निकालेका थिए । प्रअ यादवकै कारण कक्षा ६ मा अध्ययनरत राकेश फेरि विद्यालय जान सकेनन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य खुला रहेको दाबी गर्दै इरानमाथि दबाब बढाएका छन्। तर इरानले भने अमेरिकाले आफ्नो व्यवहार…

न्युयोर्क, १० अगस्ट २०२६ — अमेरिकी संघीय न्यायाधीशले भारतीय अर्बपति गौतम अडानीविरुद्ध चलिरहेको घुसखोरी तथा ठगीसम्बन्धी आपराधिक मुद्दा औपचारिक रूपमा…

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङबीच सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता…

प्रतिकृयाहरू
...