Tuesday 11th August 2026

रसुवाबाट ल्याउँदै गरेको अवैध ५ किलो सुन सहित बालाजुबाट एक जना पक्राउ


तितोपाटी – महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पाँच किलो सुनसहित बालाजुबाट एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरको टोलीले सोमबार बेलुका पाँच किलो सुनसहित एकजनालाई पक्राउ गरेको हो ।

पाँच किलो सुनसहित रसुवाका १८ वर्षका सोबहादुर तामाङलाई पक्राउ गरिएको एसएसपी बसन्त लामाले जानकारी दिए । तामाङ रसुवाबाट ५ किलो सुन कम्मरमा बाँधेर लोकल बस चढी काठमाडौं आएका हुन्। उनलाई गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिई खानतलासी गर्दा सुन भेटिएको प्रहरीले जनाएको छ। बालाजुको तीनपिपलेबाट उनलाई पक्राउ गरिएको हो । प्रहरीले यस सम्बन्धमा बुधबार नै पत्रकार सम्मेलन गर्दैछ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको एसएसपी लामाले बताए । यसअघि गएको मंगलबार तीन किलो सुनसहित प्रहरीले टोखाबाट दुईजनालाई पक्राउ गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्य खुला रहेको दाबी गर्दै इरानमाथि दबाब बढाएका छन्। तर इरानले भने अमेरिकाले आफ्नो व्यवहार…

न्युयोर्क, १० अगस्ट २०२६ — अमेरिकी संघीय न्यायाधीशले भारतीय अर्बपति गौतम अडानीविरुद्ध चलिरहेको घुसखोरी तथा ठगीसम्बन्धी आपराधिक मुद्दा औपचारिक रूपमा…

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङबीच सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता…

प्रतिकृयाहरू
...