Tuesday 6th October 2026

दाङमा माटोको ढिस्कोमा पुरिएर ३ जनाको मृत्यु


तितोपाटी – घरनजिकै माटो खन्न गएका दाङको राप्ती गाउँपालिका ४ का एकै परिवारका तीनजनाले ज्यान गुमाएका छन्। माटो खन्नेक्रममा शनिबार दिउसो माटोको ढिस्कोले पुरिएर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

ज्यान गुमाउनेमा ३५ वर्षीय लीना चौधरी, ३० वर्षीया श्यामकुमारी चौधरी र १२ वर्षकी रेजिना चौधरी छन्। लीना र श्यामकुमारी नन्द-भाउजु हुन्। १२ वर्षीया रेजिना लीनाकी जेठानीकी छोरी हुन्।

माटो खन्दै गर्दा माथिबाट आएको ढिस्कोले पुरिएर उनीहरूको ज्यान गएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए। घर्तीका अनुसार घटना शनिबार दिउसो १ बजेको हो। मृतकहरूलाई पोस्ट मार्टमका लागि दाङको लमही अस्पताल लगिएको छ।


सम्बन्धित शीर्षकहरु

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

प्रतिकृयाहरू
...