Saturday 16th November 2024

सिहदरवारको न्याय कहाँ पाइन्छ ?


सिहदरवारको न्याय कहाँ पाइन्छ ?

नेताहरुलाई निर्मला कि आमा भन्दै छिन
सोध्दै छु म ! सिंहदरवारको न्याय कहाँ छ..२

नेताहरुले झट्पट उत्तर दिई हाले
सिंहदरवार त गाउँ गाउँ पुर्याइसकेउँ
अब किन तिमी यहाँ आउदैछौ.!!

खै कहाँ छ न्याय ! जुन तिमी गाउँ गाउँ पुरर्‍याएको छु भन्दैछौ,
१३ वर्षे मेरि छोरी निर्मलाको हत्या हुँदा भेटिन मैले न्याय
किलोका किलो सुन तस्करिको मुद्दा खारेज हुँदा भेटिन मैले न्याय .!!

बाटोमा दिन दाहाडै पागल कुटिंदा भेटिन मैले न्याय,
त्यसैले सोध्दै छु म ए सिंहदरवार कहाँ छ न्याय !!

म निराश भएर फर्कनु बाध्य छु सिंहदवार को कुरा सुनि,
देशले फेरि एकपटक क्रान्तीको दिप खोज्यो जस्तो छ.!

सत्ताको लोभमा यहाँ नेताले मानवता गुमाएको अनुभव भैरहेको छ ,
देशको मुल कानुनको अस्तित्व गुमि सकेको रहेछ.!!

जब मैले सिहदरवारको कुरा सुनेपछि अनुभव गरे,
देशमा कोहि कसैको न्याय प्रतिको भरोसा नउठोस !!

विश्व मा अनेकौ देश बिच द्वन्द चलिरहदा पनि आज सम्म स्वतन्त्र भै बस्न सफल देश नेपाल तर विकास र समृद्धिको पालुवा हाल्न नसक्नुमा  कारण के रहेछ बुज्न चाख लागिरहेछ।राज्नैतिक क्षेत्रमा देशले विभिन्न नया नया आयामहरु पूरा गर्दै आज यहाँ सम्म आएको छ तर देशका जनता देशको विकास हिँजो जुन गतिमा थियो आज पनि त्यहि गतिमा दौडिरहेको छ । हिँजो हजारौ जनताले क्रान्तीको नाममा दिएको बलिदान खेर गएको छ । देशमा हजारौ विकासका आयामहरु हुँदा पनि यसको सदुपयोग हुन नसक्नुमा कस्को कम्जोरी छ? जब राजा थिए बहुदलको नाममा चर्चा गरि जनता उक्साउने पनि यहि नेताहरु । जनताको साथ सहयोगमा राजतन्त्र फाली देशको बिंडो थाम्ने अवसर पाएका माननीयहरुले ब्यक्तिगत स्वार्थको लागि आज देशलाई ओरालो हिडाइ रहेका छन् । यो लगभग छरपस्ट हुने आबस्थामा छ किनकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या हुँदा पनि न्याय माग्न बालुवाटार पुग्नु पर्ने भएछ ! जब कि एक साल अघि नै गाउँ गाउँमा सिहदरबारको नारा बोकि भोट माग्न हिडेका थिए यिनै नेताहरु। यसबाट हामी जनता ले के बुज्ने ?

सायद नेपालमा धेरै गरिब छ्न । जनतामा शिक्षाको कमि छ । सबै दलका नेताहरूले भोट माग्ने बेलामा पैसाको बिटो फ्याक्ने भन्दा शिवाय चेतनाको विगुल बजाएका छैनन् । निर्वाचनको समयमा खर्चेको रकममा १०० अाैं गुणा कसरी कमाउँ भन्नेमा मात्रै नेताहरूको ध्यान गएको छ । केही गर्न सकु देशको लागि भन्ने बेलामा खाडीको तातो घाममा काम गर्ने बाध्य छ्न नेपाली युवा । “जुन जोगी अाए पनि कानै चिरेका” भने जस्तै मुलुकमै बसेर अब त केही गर्नु पर्छ भनेर लागि पराैं भन्दा कुनै अवसर पनि दिन सक्दैन सरकार । सरकारमा रहेका होउन वा विपक्षमा रहेका नेतागण, यिनीहरुले अाफ्नो स्वार्थका लागि चुनाबका बेला कार्यकर्ता बनाएर चारो फाल्ने भन्दा अरू उन्नतीको काम गर्दैनन् । सकी नसकी परिवार बाल बच्चा छोडेर पार्टीको झोला बोकेर हिँड्यो । निर्वाचन पछि नेता गाउँमा अाए पो । नारामा गाउँ गाउँमा सिंहदरवार भनेर झ्याली पिट्यो, खै कहाँ छ गाउँ गाउँमा सिंहदरवार ? रोजगारी  र अवसर त परै  जाअोस राज्य भएको प्रत्याभुति पनि जनताले पाएका छैनन् । दिनहुँ हत्या, बलात्कार, लुटपाट, डाँका डकैती, घुस भ्रस्टाचारका समाचार भन्दा बाहेक सुन्न र देख्न पाइन्न । हुँदा हुँदा अब त “राजनैतिक दल, लोकतन्त्र, गणतन्त्र भन्दा राजा र राजतन्त्र ठिक” भन्न बध्य पारिदिएका छन यि राजनैतिक दलहरुले । कम्तीमा राजतन्त्रमा छाडातन्त्र त थिएन । यति विधि अपराध त हुन्थेन । अब अाशा, भरोसा र सुरक्षा खोज्ने  के मा ? राजनैतिक पार्टि मा कि राजामा, देश समृद्धिमा जानको लागि राजनैतिक पार्टी अावश्यक कि राजा अावश्यक ? स्वदेशको श्रम र सीप स्वदेशमा बसेर नै प्रयोग गर्न पाएको भए किन विदेशिन बाध्य हुने थिए र जनता जनार्दनका छोराछोरी ।

कतै दलहरु सत्ताको होड्बाजीमा दौडिरहदा देश भु-राजनैतिक चपेटा मा पर्ने त हैन भन्ने डर लागिरहेछ । अनि यो कुरा बुज्न जरुरी छ कि देशका असिक्षित जनतामा चेतना जगाउने, देशको हितमा लड्ने, देश विकासमा लागि पर्ने र देशको कुना कुनामा पुगि त्यहाँको समस्याहरु बुझी त्यसको निवारण गर्न सक्ने क्षमतावान नेतृत्व र नेता र पार्टीको जरूरी छ । देश विकासका लागि यी सब हामी जनताले देख्ने सपना मात्र हुन । ईतिहास देखि आज सम्मको गतिलाई चित्रण गर्दा सच्चा बिचार भएका राजनीतिकज्ञ हरु देखापरेका छैनन् । सबैमा खोट लागेकै छ, व्यक्तिगत स्वार्थ सिवाय अरू केहि देखिदैन । असमान सन्धी सम्झौता गरि भारतको इसारामा चल्ने काम भएको छ, नेपालको जस्तो सुकै ईतिहासको पाना पल्टाउने हो भने पनि सत्ताको होड्बाजीमै समय कटेको देखिन्छ ।

२००७ साल को प्रजातन्त्र पछाडि बि पि को नेतृत्व बोकेको कङ्रेस आगाडी आयो । जब बिपि ले प्रधान मन्त्री भै केही राम्रो काम सुरु गरे त्यो महेन्द्रलाई मन परेन र बि पि लाइ जेल हाली एक लौटी शासन हत्याए।०३७ को बहुदलको लागि निर्बाचन हुँदा पनि पञ्चायत शासनले नै जित्यो । बेला बेलामा ईतिहासको चर्चा चल्दा रानी एस्वर्या र ज्ञानेन्द्रको मिलिमतोमा  त्यतिखेर पञ्चायतलार्इ जिताइएको भनिए पनि अाखिरमा राजनीतिक दाउपेचका कारण नै देशलार्इ खोक्रो बनाउने काम भएको बुझिन्छ । यसको अर्थ देशमा जस्तो सुकै राजनैतिक परिवर्तन हुँदा पनि देशले कोल्टो फेर्न पाएको छैन या दिइएको छैन ।

अन्तिममा भन्नु पर्दा मुलुक अब सच्चा देशशभक्त निस्वार्थ भावनाले ओतप्रोत भएको नेतृत्व को खोजीमा छ । जस्को लागि शिक्षित, अार्थिक पारदर्शी तथा दुरदर्शी ब्यक्तिको आबस्यक पर्दछ । देसलाइ बैकल्पिक राजनीतिज्ञको खाँचो छ , ताकी देशमा सबैले न्याय पाउन र देश छिटै समृद्धि र बिकासको बाटोमा अघि बढोस ।

धन्यवाद
बिमल कुमार दहाल
हाल कुवेत


सम्बन्धित शीर्षकहरु

मराब: लेबनानको सबैभन्दा ठूलो क्रिश्चियन पार्टीका प्रमुखले इरान समर्थित हिजबुल्लाहले इजरायलसँगको वर्षौं लामो युद्ध अन्त्य गर्न र लेबनानलाई थप मृत्यु…

अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा हिन्दूहरूको मुद्दालाई आवाज उठाउने एक पूर्व डेमोक्रेटिक नेतालाई महत्त्वपूर्ण पदका लागि चयन गरेका छन्।…

बंगलादेशका महान्यायाधिवक्ताले संविधानबाट धर्मनिरपेक्ष शब्द हटाउन सुझाव दिनुभयो, कारण के थियो ? बंगलादेशका महान्यायाधिवक्ता मोहम्मद असदुज्जमानले देशको संविधानबाट 'धर्मनिरपेक्ष' र…

प्रतिकृयाहरू
...