Wednesday 9th September 2026

नवलपरासीमा विवाह गर्न नमानेको भन्दै युवतीमाथि एसिड प्रहार


तितोपाटी – नवलपरासीमा एक महिलाले विवाहको प्रस्ताव अस्वीकार गरेपछि  युवाले ती महिलाको मुहारमा एसिड छर्केका छन् । त्यतिले पनि नपुगेर उनले महिलालाई छुरा समेत प्रहार गरेका छन् । पूर्वी नवलपरासीको कावासोती नगरपालिका हरबासी टोलका ३६ बर्षीय विमल श्रीपालीले सोही छिमेकी ३० बर्षीया बसन्ती परियारलाई गएराती एसिड छर्कनुका साथै छुरा प्रहार गरेका हुन । स्थानीयका अनुसार श्रीपालीले परियारसँग एकतर्फी प्रेम गर्थे । उनले केहि दिन अघिबाट उनीसँग विवाह गर्ने प्रस्ताव नै राखेका थिए ।

एसिड छर्किदा महिलाको २५ प्रतिशत शरीर जलेको छ भने महिलाको भरतपुर अस्पतालमा शल्यक्रिया गरिएको छ । अस्पतालका वरिष्ठ सर्जन डा सुरेस प्रधानका अनुसार राती चार घण्टा लगाएर परियारको शल्यक्रिया गरिएको हो ।

प्रधानका अनुसार परियारको पेटमा हतियारले काटेर आन्द्रा बाहिर निस्किएको थियो । छातीमा करङ छेडिएको थियो । दुवैतिरको गाला र टाउकोमा गम्भीर चोट लागेको छ । चिकित्सक समूहले पेट, छाती, दुवै गाला र टाउकोमा शल्यक्रिया गरेको छ । परियारको अनुहार घाँटी, छाती र दुबै हातमा तेजाबले पोलेको छ । प्रधानका अनुसार एउटा आँखामा गम्भीर असर देखिन्छ भने अर्को सामान्य अवस्थामा छ । उनलाई अस्पतालको सघन उपचार कक्षमा राखिएको छ । अवस्था गम्भीर रहेको प्रधानले बताए ।

जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका प्रहरी प्रमुख एसपी रमेश थापाले घटनाको पुष्टि गर्दै भने–‘ घटना गएरातिको हो । युवाले पहिलेदेखि महिलालाई विवाह प्रस्ताव गर्दै आएको बुझिएको छ । प्रहरी निरीक्षकको नेतृत्वमा अनुसन्धान सुरु भैसकेको छ ।’ प्रहरीका अनुसार पीडितको भरतपुरमा उपचार भइरहेको छ भने अभियुक्त श्रीपाल प्रहरी नियन्त्रणमा छन् । घटनापछि कावासोतीवासी त्रसित छन् ।

पछिल्लो समय आपराधिक समूहको हतियार बनेको एसिड प्रकरण नवलपरासीमा पनि दोहोरिएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

फर्किने बाटो साँझ झरेर गाउँमाथि सुनौलो रङ्ग छर्दा, एक्लो मनले तिम्रो याद फेरि किन सम्झँदा। डाँडापारि घाम डुब्यो, छायाँ आयो…

प्रतिकृयाहरू
...