Wednesday 9th September 2026

विराटनगरमा ह्युमपाइपभित्र सडेको अबस्थामा युवकको शब भेटियो


तितोपाटी – विराटनगर महानगरपालिका १६ मा युवकको शव भेटिएको छ । विराटनगर रानीको बुधनगर जाने भित्री सडकको हृयुमपाइप भित्र कुहिन थालेको अवस्थामा युवकको शव भेटिएको हो ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाका अनुसार विभत्स अवस्थामा भेटिएको युवकको शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । अन्दाजी २५-२६ बर्षको जस्तो देखिएको युवकको अनुहार पहिचान गर्न सक्ने अवस्थाको छैन ।

हृयुमपाइप भित्रै सडेको अवस्थामा भेटिएपछि प्रहरी स्काभेटरको प्रयोग गरी शव निकालेको निरौलाले बताए । सहज रुपमा शव निकाल्न नसकिएपछि स्काभेटर प्रयोग गरेको हो । सडेको अवस्थामा भेटिएको शवको अनुहार पहिचान गर्न सक्ने अवस्थाको छैन ।

सडक आवतजावत गर्ने स्थानीयबासीले दुर्गन्ध आएपछि आइतबार हृयुमपाइप भित्र हेर्दा शव भेटेका थिए । प्रहरी निरीक्षक निरौलाका अनुसार शव निकाल्नका लागि बाटो भत्काइएको छ । हत्या गरी फालिएको हुन सक्ने आशंका सहित घटनाको अनुसन्धान सुरु गरिएको उनले बताए ।

यसअघि विराटनगर महानगरपालिका १४ स्थित निर्माणाधीन रेल्वे ट्रयाकमा गत साउन १८ गते नग्न अवस्थामा युवतीको शव फेला परेको थियो । कल्भर्टमुनिको दहमा नग्न अवस्थामा भेटिएकी युवतीको अझै पहिचान हुन सकेको छैन । युवतीको पहिचान हुन नसकिरहेको अवस्थामा आइतबार शव भेटिएको हो ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

फर्किने बाटो साँझ झरेर गाउँमाथि सुनौलो रङ्ग छर्दा, एक्लो मनले तिम्रो याद फेरि किन सम्झँदा। डाँडापारि घाम डुब्यो, छायाँ आयो…

प्रतिकृयाहरू
...