Wednesday 9th September 2026

कैलालीमा ७५ वर्षे बाबुद्वारा बन्चरो प्रहार गरि ५० वर्षे छोराको हत्या


तितोपाटी – कैलालीमा सामान्य घरायसी विवादमा बुवाले छोरालाई बञ्चरो प्रहार गर्दा छोराको मृत्यु भएको छ । टीकापुर नगरपालिका ८ कालिमाटीमा शनिबार साँझ ७५ वर्षीय पहले लुहारको आक्रमणबाट ५० वर्षीय छोरा कृतबहादुर लुहारको मृत्यु भएको हो ।

बाबुले छोरालाई बञ्चरोले टाउकोमा हिर्काएको र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं डिएसपी हरि बहादुर वलीले जानकारी दिए ।

बञ्चरो प्रहारबाट घाइते भएका लुहारलाई उपचारको लागि टिकापुर अस्पताल लगिएपनि त्यहाँ उपचार सम्भव नभएपछि अस्पतालले थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज रेफर गरिएको थियो । लुहारको उपचारकै क्रममा राति करिब साढे १२ बजेतिर मृत्यु भएको थियो ।

मृतक लुहारको शवलाई पोस्टमार्टमका लागि टिकापुर अस्पतालमा राखिएको र बञ्चरो प्रहार गर्ने बाबु पहलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतक लुहार लामो समयदेखि सपरिवार रोजगारीका लागि भारतमा रहेका थिए । गत हप्तामात्रै उनी श्रीमतीसहित नेपाल आएको पारिवारिक श्रोतले जानकारी दिएको छ । सधैंजसो मदिरा सेवन गर्ने मृतक लुहारलाई मदिरा नपिउन बुवाले गरेको आग्रहलाई नमान्दा भएको सामान्य विवादमा उनको मृत्यु भएको बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

फर्किने बाटो साँझ झरेर गाउँमाथि सुनौलो रङ्ग छर्दा, एक्लो मनले तिम्रो याद फेरि किन सम्झँदा। डाँडापारि घाम डुब्यो, छायाँ आयो…

प्रतिकृयाहरू
...