Wednesday 8th April 2026

विदेशमा कार्यरत नेपालीले दूतावासबाटै श्रम स्वीकृति लिन पाउने


तीतोपाटी-वैदेशिक रोजगार ऐनमा रहेको व्यवस्थालाई संशोधन गरेर यो व्यवस्था लागू गर्न लागिएको हो । पछिल्लो व्यवस्था मन्त्रिपरिषदबाट पास भइसकेको छ । संसदबाट संशोधन पास हुनेबित्तिकै कामदारले विदेशबाटै श्रमस्वीकृति लिन पाउनेछन् ।

सरकारले तत्काललाई विदेशमा घरेलु काममा पठाउन रोक लगाएको छ । यही व्यवस्थाका कारण घरेलु काममा पनि राम्रो काम र कमाइ गरिरहेका थुप्रै घरेलु कामदार स्वदेश फर्कन पाएका थिएनन् ।

नेपाल फर्किएपछि श्रम स्वीकृति नहुने भएकाले धेरै घरेलु कामदार भिसा अवधिभन्दा धेरै समय विदेशमा बस्न बाध्य थिए । अब विदेशबाटै श्रम स्वीकृति हुने भएपछि घरेलु कामदार सहित सबै कामदार श्रम स्वीकृति लिन नेपाल आउनु पर्ने झण्झटबाट मुक्त हुनेछन् ।

दुई पटकभन्दा बढी श्रम स्वीकृति लिन पाउने व्यवस्था हुँदा कामदार नेपाल नफर्किने अवस्थालाई ध्यान दिंदै यो व्यवस्था ल्याइएको स्रोतले जनाएको छ ।

श्रम स्वीकृतिको लागि नेपाली कामदारले सास्ती खेप्दै आएकाले श्रम मन्त्री गोकर्ण विष्टको पहलमा नयाँ व्यवस्था गर्न लागिएको हो ।

साभार-उज्यालो अनलाइन


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...