Wednesday 9th September 2026

काठमाण्डाैंमा फेरी युवतीमाथि सामुहिक बलात्कार


तितोपाटी – २१ वर्षीया एक युवतीमाथि काठमाडौंको भीमढुंगामा सामूहिक बलात्कार भएको छ। बलात्कारको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा नुवाकोट रालुकादेवी गाउँपालिका–९ घर भई कलंकी बस्ने ३९ वर्षीय अर्जुन लामा, काठमाडौं नागार्जुन नगरपालिका–८ मजुवा बस्ने ३३ वर्षीय सूर्य राना र भीमढुंगा नर्सरीमा होटल सञ्चालन गर्ने ४० वर्षीय रामकृष्ण नगरकोटी छन्।

नागार्जुन नगरपालिका–७ हसनटार बस्ने युवतीलार्इ उनीहरुले ललाइफकाई नगरकोटीले सञ्चालन गरेको होटलमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।

ती युवती सोमबार स्युचाटारबाट हराएकी भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त कालिमाटीले खोजतलास गरेको थियो। प्रहरी टोलीले नगरकोटीको होटलमा उनलाई फेला पारेको थियो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

फर्किने बाटो साँझ झरेर गाउँमाथि सुनौलो रङ्ग छर्दा, एक्लो मनले तिम्रो याद फेरि किन सम्झँदा। डाँडापारि घाम डुब्यो, छायाँ आयो…

प्रतिकृयाहरू
...