Tuesday 6th October 2026

मोडल तथा अभिनेत्री लिजा बनिन् जुम्ल्याहा छोरीकी अामा


तितोपाटी – मोडल तथा अभिनेत्री लिजा रे विवाह भएको ६ वर्षपछि सरोगेसीको माध्यमबाट दुई छोरीकी आमा बनेकी छन्। छोरीहरूको जन्म जर्जियामा भएको हो। उनले छोरीहरूको नाम सुफी र सोलियल राखेकी छन्।

‘मेरो जीवन धेरै इमोसनले भरिएको छ। म यसलाई शब्दमा बयान गर्न सक्दिनँ। मलाई धेरै कुराको व्यवस्थापन एकै पटक गर्नु परिरहेको छ। मेरो जीवनमा धेरै उतारचढाव आयो’, उनले भनिन्, ‘तर अहिले मेरो जिन्दगीमा आएको परिवर्तन र प्रेमको पूर्ण फाइदा उठाइरहेकी छु। म आफ्ना छोरीहरू आफ्नै घर मुम्बईमा चाँडोभन्दा चाँडो ल्याउन चाहन्छु।’

लिजाका छोरीहरू अहिले साढे तीन महिनाका भए। उनीहरूको जन्म जुनमा भएको हो। लिजालाई २००९ मा ब्लड क्यान्सर भएको थियो। उनले भनिन्, ‘नयाँ प्रविधिका कारण मेरो उत्साह कायम रह्यो र म आमा बन्न सकेँ। मेरो भाग्य साँच्चिकै राम्रो रहेछ।’ एजेन्सी


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रतिकृयाहरू
...