Saturday 28th March 2026

२८ वर्ष अघि नर्सले बचाएको बच्चा सोही अस्पतालमा विशेषज्ञ डाक्टर बनेर अाएपछि…


तितोपाटी – अमेरिकाको क्यालिफोर्नियास्थित ल्युसज प्याकर्ड बाल अस्पतालमा विल्मा वाङ नर्सका रूपमा काम गर्छिन् । अट्ठाईस वर्षअघि उनी आफ्नो दैनिक काम गरिरहँदा समयअगावै जन्मेको बच्चालाई राम्रो देखभाल गर्थिन् ।

विल्मा नवजात शिशुहरूको हेरचाह गर्छिन् र धेरै पहिले उनले आईसीयूमा जिन्दगीको लडाईं लडिरहेको बच्चाको स्याहार गरिन् । उनले सोचेकी पनि थिइनन् होला, लगभग तीन दशकपछि तिनै बालक त्यही अस्पतालमा चिकित्सक बनेर फर्किनेछन् र दुवैले सँगै काम गर्नेछन् । चउन्न वर्षकी विल्माका लागि यो अनुभव भावुक बनाउने किसिमको थियो । अस्पतालमा सन् १९९० मा २९ हप्तामै जन्मेका बच्चालाई उनले खुबै सेवास्याहार गरेकी थिइन् । त्यही बच्चा उनको सहकर्मी बन्न आइपुगेको थियो ।डक्टर ब्रान्डन सेमिनातोरलाई विल्मालाई चिनिहालिन् । ब्रान्डन चाहिँ विल्मा आफूलाई कसरी चिन्छिन् भनेर थाहै पाएनन् ।

ब्रान्डन अस्पतालमा बाल स्नायु विशेषज्ञका रूपमा आएका हुन् । विल्मा भन्छिन्, ‘ब्रान्डनले बच्चाहरूको स्याहार गर्दा मैले उनको नाम सोधें । उनको थर मलाई चिनेको जस्तो लाग्यो । मैले उनलाई ठेगाना र अन्य कुरा सोधें । उनले आफू समयअगावै जन्मेको र राम्रो स्याहारका कारण बाँचेको बताए ।’

विल्मा थप्छिन्, ‘सबै कुरा मिल्दै आएको जस्तो मलाई लाग्यो । मैले उनलाई तपाईं सान जोसेमा बस्नुहुन्छ अनि तपाईंको बुवा प्रहरी अधिकारी हो भनी सोधें । अनि ब्रान्डन शान्त भए र उनले तपाईं नर्स विल्मा हो भनी सोधे । हामी दुवैका लागि यो भावुक र स्मरणीय क्षण रह्यो ।’


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...