Sunday 28th June 2026

सिरहामा छोराको कुटपिटको कारण बावुको मृत्यु


तितोपाटी – आफ्नै छोराको कुटपिटबाट गम्भीर घाइते भएका सिरहा लहान नगरपालिका–४ इस्लामपुरका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा लहान नगरपालिका–४ इस्लामपुरका ६० वर्षीय मोहम्मद अताबुल मियाँ रहेको प्रहरीले जनाएको छ ।

जग्गासम्बन्धी बिवाद हुँदा आफ्नै माइलो छोरा २६ वर्षीय मोहम्मद कमाल मियाँको कुटपिटबाट शुक्रवार गम्भीर घाइते भएका अताबुल मियाँको बिराटनगरस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा हिँजो मृत्यु भएको हो ।

बुवालाई कुटपिट गर्ने मोहम्मद कमाल फरार रहेकाले उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

यसैगरी जग्गाको विषयमा विवाद हुँदा सिरहा गोलबजार–३ तेतरीयामा आज आफ्नै बुबाले छोरा र बुहारीमाथि खुकुरी प्रहार गरेको थिए ।

गोलबजार नगरपालिका–३ का लक्ष्मण विश्वकर्माले ३० वर्षीय छोरा सञ्जीव विश्वकर्मा र २४ वर्षीया बुहारी सन्तोषी विश्वकर्मामाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट गम्भीर घाइते सञ्जीवको टाउकोमा ३२ टाँका लगाएको छ भने बुहारी सन्तोषीको टाउकोमा गहिरो चोट लागेको छ । विश्वकर्मा दम्पतीको स्थानीय भुमिजा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि बिराटनगरस्थित न्यूरो अस्पतालमा लगिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक रामबहादुर ढकालले जानकारी दिए ।

खुकुरी प्रहार गर्ने विश्वकर्मालाई नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाइएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

भेनेजुएलामा दुई वटा शक्तिशाली भूकम्प आएपछि अहिलेसम्म कम्तीमा २३५ जनाको मृत्यु भएको छ र हजारौं घाइते भएका छन्। दोस्रो भूकम्प…

इरान र संयुक्त राज्य अमेरिका बीच युद्ध अन्त्य गर्ने उद्देश्यले भएको सम्झौतालाई इरानका प्रमुख वार्ताकार Mohammad Bagher Ghalibaf ले “अमेरिकाको…

कुवेतको लुलु हाइपरमार्केटले आफ्नो खुद्रा व्यापार यात्राको महत्वपूर्ण उपलब्धि हासिल गर्दै बहुप्रतीक्षित २५औँ वार्षिकोत्सव उत्सव सुरु गरेको छ। यस अवसरमा…

प्रतिकृयाहरू
...