Tuesday 25th August 2026

वैदेशिक रोजगारीसँग सम्बन्धित मोवाइल एप ‘प्रवासीको साथ’ को विकास


तितोपाटी – वैदेशिक रोजगारीमा जान चाहने तथा गएकाहरूलाई लक्षित गरी एक मोबाइल एप्सको विकास गरिएको छ । प्रवासीको साथ नामक उक्त मोबाइल एप्लिकेसन आर्थिक क्यालकुलेटरका रूपमा तयार पारिएको बताइन्छ । यसले वैदेशिक रोजगारकर्मीहरूको आर्थिक विश्लेषण गर्नुका साथै सुरक्षित वैदेशिक रोजगारी तथा विदेश जाँदा चाहिंने जानकारीहरू प्रदान गर्छ ।
वैदेशिक रोजगारीसम्बन्धी आवश्यक जानकारी पूर्ण रुपमा एउटै एप्समा उपलब्ध गराउने उद्देश्यका साथ यसको निर्माण गरिएको वल्र्ड एजुकेसनकी कन्ट्री डाइरेक्टर हेलेन शेर्पाले बताइन् ।

विदेश जाने तयारीमा रहेका, प्रस्थान गर्नुअघिको अवस्था तथा विदेशमा हुँदाको अवस्थामा उपयोग हुने गरी यसलाई तीन भागमा विभाजन गरिएको छ । यी तीनै खण्ड एक–अर्कासँग अन्तरसम्बन्धित छन् ।

अघिल्लो खण्डमा भएको आर्थिक अभिलेख पछिल्लो खण्डमा तुलनात्मक रूपमा देखाइने हुँदा विदेश जाने तथा विदेश गएका कामदारहरूलाई आर्थिक विश्लेषण गर्नुका साथै वैदेशिक रोजगार प्रक्रियामा लाग्ने खर्च, खर्चको व्यवस्थापन एवं भविष्यमा हुन सक्ने सम्भावित आँकडा प्राप्त गर्न मद्दत मिल्छ ।

यो एप्समा वैदेशिक रोजगारीका लागि सरकारी मान्यता प्राप्त सीप विकास केन्द्र, म्यानपावर कम्पनी, स्वास्थ्य केन्द्र, बिमा कम्पनी, रेमिट्यान्स कम्पनी, ओरिन्टेसन सेन्टर तथा वैदेशिक रोजगार प्रक्रियाका लागि आवश्यक अन्य जानकारीहरू समेटिएको छ ।

वर्ल्ड एजुकेसनले अम्निल टेक्नोलोजिजको प्राविधिक सहयोगमा उक्त एप्लिकेसनको विकास गरेको हो । यो एप्लिकेसन नेपाली तथा अंग्रेजी भाषामा तयार गरिएको छ र यो आइओएस, एन्ड्रोइड तथा वेभ भर्सनमा उपलब्ध छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतको फौजदारी अदालतले लागुऔषध कारोबार तथा प्रयोगसम्बन्धी विभिन्न मुद्दामा कडा सजाय सुनाएको छ। अदालतले एक बंगलादेशी नागरिकलाई लागुऔषध तथा मनोप्रभावी…

हाइटीमा ग्याङ हिंसा फेरि तीव्र बनेको छ। राजधानी पोर्ट–अ–प्रिन्सनजिकैको केन्स्कोफ क्षेत्रमा शक्तिशाली ग्याङ गठबन्धनले गरेको आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु…

भौगोलिक रूपमा विकट भए पनि डिजिटल पहुँचबाट टाढा नरहने उद्देश्यसहित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा नेपाल टेलिकमको 4G टेलिफोन तथा…

प्रतिकृयाहरू
...