Tuesday 6th October 2026

वीरगञ्जमा २ जना स्कुले बालकको पोखरीमा डुबेर मृत्यु


तितोपाटी – वीरगञ्ज महानगरपालिका–२४ मा पोखरीमा डुबेर दुई जना स्कुले बालकको मृत्यु भएको छ ।

स्थानीय धर्मेन्द्र पटेलका १४ वर्षीय छोरा नितेश पटेल र पिटर पटेलका १२ वर्षीय छोरा सुदर्शन पटेलको मृत्यु भएको हो ।

बालकद्वयको शव बिहान स्थानीय सुकेश पटेलको पोखरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी निरीक्षक अरविन्दकुमार साहले जानकारी दिए ।

वीरगञ्जको राधेमाईमा रहेको साउथ जोन स्कुलमा अध्ययनरत नितेश र स्थानीय राम सुरत मावि रामगढवामा अध्ययनरत सुदर्शन मंगलबार अपराह्न गर्मी छल्न पोखरीमा पौडी खेल्न गएको र त्यही बेलामा डुबेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

उनीहरु दुवैजना अबेर रातिसम्म घर नपुगेपछि परिवारका सदस्यले खोजी शुरु गरेका थिए ।

दुवैको शव पोष्ट मार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा पठाइएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रतिकृयाहरू
...