Monday 5th October 2026

पुल नहुँदा खोलामा बाढी अाएको समयमा सास्ती


तितोपाटी – रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पर्ने जहारीखोलामा पुल नहुँदा वारपार गर्न समस्या भएको छ । नगरपालिका–२ विजयश्वरी र वडा नम्बर ७ र ८ को अंगेरी जोड्ने झोलुंगेपुल नहुँदा वर्षायाममा विद्यार्थीको पढाइसमेत प्रभावित हुने गरेको छ ।

कोटजहारीदेखि चौरजहारीसम्म जाने कक्षा ५ देखि स्नातक तहका करिब एक सय ५० जना विद्यार्थीले बर्सेनि यो समस्या झेल्दै आएका छन् । साविकको कोटजहारी गाविसमा पर्ने उक्त वडाबाट उच्च शिक्षाका लागि चौरजहारीस्थित शीतल माध्यमिक विद्यालय र शीतल क्याम्पसमा पुग्ने गरेका छन् । वडा नम्बर ७ को कुमाइँगाउँ, काप्रा, वडा नम्बर ८ को सोतीखोला, बसीगाउँ, बडाखोला, सोतीगेष्मा र वडा नम्बर ९ को गुर्तालगाउँ र कोटगाउँका विद्यार्थीलाई बढी समस्या हुने गरेको कक्षा १० मा अध्ययनरत दीपक गौतमको भनाइ छ ।

करिब २ देखि ३ घण्टाको पैदल दूरीमा अवस्थित विद्यालय तथा क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीले जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता छ । बाढी आएका बेला जहारीखोला तर्न नसकेर कक्षासमेत छुट्ने गरेको विद्यार्थी शिविका बुढाले बताइन् । कतिपय अवस्थामा खोला तर्ने क्रममा शैक्षिक सामग्रीसमेत खोलाले बगाउने गरेको उनको भनाइ छ ।

चौरजहारीमा खुला विद्यालय प्राविधिक धारअन्तर्गत सिभिल इन्जिनियर, प्लस टु र बीएडसम्मको शिक्षा हासिल गर्न विद्यार्थी जाने गरेका छन् । विजयश्वरी र अंगेरी जोडने पुलका लागि पटक–पटक सर्भे हुँदासमेत निर्माण हुन सकेको छैन । पुल नहुँदा आसपासका किसानसमेत जोखिम मोलेर खोला तर्न बाध्य छन् । खेतमा गोडमेल तथा मलजल गर्ने समयमा खोलामा बाढी आउँदा कृषक जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा दुईवटा डुंगा आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं यात्रु बेपत्ता…

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अफगानिस्तानका शिक्षा मन्त्री हबिबुल्लाह आगा र उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदिमविरुद्ध पक्राउ पुर्जी जारी…

प्रतिकृयाहरू
...