Tuesday 6th October 2026

भरतपुरमा एक महिला ५ वर्षीया छोरी सहित एक हप्तादेखि वेपत्ता


तितोपाटी – भरतपुर महानगरपालिका १० हाकिमचोकबाट ५ वर्षकी छोरीसहित एक महिला बेपत्ता भएकी छन् ।

धादिङको ज्वालामुखी गाउँपालिका ६ कि २५ बर्षकी ज्योति सुवेदी तिमिल्सिना ५ बर्षकी छोरी आर्जना तिमिल्सिनासहित हराएकी हुन् ।

हाकिमचोकमा डेरा गरेर बस्ने उनीहरु भदौ १२ गते ३ बजे कोठाबाट निस्केको आफन्तले बताएका छन् । उनले अन्तिम पटक बहिनीलाई फोन गरेको र त्यसपछि सम्पर्कविहीन भएको दाइ नगेन्द्र सुवेदीले बताए ।

म्याग्दी माइत भएकी ज्योतिको २०७० सालमा धादिङका नवराज तिमिल्सिनासंग विवाह भएको थियो । अनमी पढेकी ज्योति लोकसेवा आयोगको परीक्षाको तयारी र छोरीको पढाइका लागि भन्दै भरतपुर बस्दै आएकी थिइन् । उनका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा छन् ।

परिवारले खोजी गरिदिन भन्दै भदौं १३ गते नै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनले हुलियासहित कतै देखेमा प्रहरी समक्ष सम्पर्क गराउन जानकारी गराएको छ ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा दुईवटा डुंगा आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं यात्रु बेपत्ता…

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अफगानिस्तानका शिक्षा मन्त्री हबिबुल्लाह आगा र उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदिमविरुद्ध पक्राउ पुर्जी जारी…

प्रतिकृयाहरू
...