Saturday 28th March 2026

अनुहार मिल्दा १७ वर्ष जेल !


तितोपाटी – सन् १९९९ मा लामो कपाल पछिल्तिर बाटेका एक अफ्रिकन– अमेरिकनले कान्सास सिटीको वाल्मार्ट बाहिर एक महिलाको फोन चोरेर भागे ।

प्रत्यक्षदर्शीले फोन चारेर भाग्ने व्यक्तिको हुलिया बताएको आधारमा पुलिसले रिचर्ड जोन्सलाई पक्राउ गर्यो ।

घटनाका बेला जोन्स प्रेमिकाको घरमा हुँदा पनि पुलिसले उनलाई नै दोषी ठहर गर्दै १९ वर्षको जेल सजायँ सुनायो ।

आफू निर्दोष भएको पटक–पटक गुहार गर्दा पनि उनको अपिलमाथि कुनै सुनुवाई भएन । गत वर्ष इनोसेन्स प्रोजेक्ट ट्र्याक्ड डाउनले वालमार्ट नजिकै बस्ने ठ्याक्कै उनीजस्तै देखिने रिक अमोसलाई सार्वजनिक गरेपछि मात्र उनलाई रिहा गरियो ।

जेलभित्र रहेका जोन्सका कैदी साथीहरुले उनी ठ्याक्कै अमोसजस्तै देखिने बताएपछि उनीबारे खोजी गरिएको थियो ।

पीडित महिलालाई दुबैजनाको फोटो देखाएपछि जोन्सले नै उनको हमला गरेको भनेर पुष्टि गर्न सकिनन् ।

जोन्स जेलभित्र रहँदा हुर्किएका उनका २४ र १९ वर्षका दुई छोरीले अब १.१ मिलियन डलरको क्षतीपूर्ती माग गर्दै कन्सास राज्यमा मुद्दा दर्ता गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...