Sunday 5th April 2026

इराकको लागि गैरआवासीय नेपाली राजदूतको भूमिकालाई नेपाल सरकारले बैधानिक रुपमै जिम्मेवारी दिएको मात्र हो- महामहिम राजदुत यज्ञ बहादुर हमाल


हरि कृष्ण न्यौपाने-लामो समय देखि कुवेतका लागि नेपाली राजदुतको भूमिकामा कार्य गरिरहदा इराकको लागि पनि काउन्सिलर सेवा प्रदान गरिरहेका नेपाली दुताबास कुवेतका महामहिम राजदुत यज्ञ बहादुर हमाललाई नेपाल सरकारको राष्ट्रपति कार्यालयद्वारा कुवेतका लागि आवासीय र इराकका लागि गैरआवासीय राजदूतका लागि जिम्मेवारी दिएको छ।

गत अगष्ट-२८,२०१८(बिस भाद्र-१२-२०७५) मंगलबारका दिन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यज्ञ बहादुर हमाललाई कुवेतका लागि आवासीय र इराकका लागि गैरआवासीय तथा झविन्द्र प्रसाद अर्याललाई ईजिप्टका लागि आवासीय र अल्जेरियाका लागि गैरआवासीय राजदूतमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयद्वारा प्रकाशित बिज्ञप्तीमा जनाइएको थियो।

यसै बिच गैरआवासीय राजदुतको जिम्मेवारिको बारे सोधिएको प्रश्नमा नेपाली दुताबास कुवेतका महामहिम राजदुत यज्ञ बहादुर हमालले तितोपाती डटकम संग भने”नेपाल सरकारको निर्देशनमा नेपाली दुताबास कुवेतबाटै लामो समय देखी इराकमा रहेका नेपाली कामदारहरुका लागि काउन्सिलर सेवा प्रदान गरिरहेकोमा इराकको लागि गैरआवासीय नेपाली राजदूतको भूमिकालाई नेपाल सरकारले बैधानिक रुपमै जिम्मेवारी दिएको मात्र हो।”

बाँकी प्रकृयाहरुका बारेमा महामहिम राजदुतले भने” केही कुट्नैतीक प्रकृयाहरु पुरा भए पछी नेपाल सरकारको तर्फबाट मैले इराक सरकारसंग ओहोदाको प्रमाण पत्र पेश गर्ने छु।जसले नेपाल र इराक बिचको सम्बन्ध सुमधुर हुनाको साथै त्यहा कार्यरत नेपालीहरुका लागि पनि सहजता थप्ने छ। कार्यकालका बारेमा सोधिएको प्रश्नमा महामहिम राजदुतले भने”नेपाल सरकारले तोकेको कार्यकाल पनि अन्तिम हुन लागेको छ तर पनि कुट्नैतीक मिसनमा नेपाल सरकारले दिएको जिम्मेवारिलाई बहन गर्दै अन्तिम दिन सम्म पनि नेपाल र कुवेत तथा इराक(दुई देश बिच)तथा दुबै मुलुकमा कार्यरत नेपाली कामदारहरुको हितको लागि लागिनै रहने छु।”


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

प्रतिकृयाहरू
...