Monday 5th October 2026

सिन्धुलीमा डोजर दुर्घटनामा परि २ जनाको मृत्यु, १ जना घाइते


तितोपाटी – सिन्धुली जिल्लाको कमलामाई नगरपालिका – १ डाँडीगुराँसेमा आज डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एसके देवीरमण कन्स्ट्रक्सनको वा २ क ३२०५ नंको डोजर दुर्घटना हुँदा त्यसका हेल्पर धनुषा, मिथिला नगरपालिका १० लालगढ निवासी अन्दाजी ३० वर्षीय नाम स्पष्ट नभएका एक व्यक्ति र सिन्धुली तीनपाटन गाउँपालिका ४ बागथला निवासी २२ वर्षीय कमल बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक जेसी साहले जानकारी दिए ।

दुर्घटनामा सिन्धुली तीनपाटन गाउँपालिका ५ लंगुरखोला निवासी अन्दाजी २४ वर्षीय गणेश थापा घाइते भएकामा अहिले सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौँ सिफारिस गरिएको छ । मृतक बोगटी र घाइते गणेश थापा घर बनाउने डकर्मी हुन् ।

आज घर बनाउने काम नभएपछि उनीहरु डाँडीगुराँसे आउने क्रममा तीव्र गतिमा रहेको डोजर सडकबाट करीव २५ फिट तल खसेको थियो । दुर्घटना हुनुको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

सन् २०२६ को शरीर विज्ञान वा चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कार्ल डाइसरोथ, पिटर हेगेमान र जर्ज नागेललाई संयुक्त रूपमा प्रदान गरिएको…

पाकिस्तानका जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइ माग्दै उनका हजारौँ समर्थकले राजधानी इस्लामाबादतर्फ लामो मार्च सुरु गरेका छन्। पाकिस्तान तहरीक–ए–इन्साफका…

सरकारले भोटेकोसी–त्रिशूली बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक अवस्थाबाहेक खोज तथा उद्धार कार्य हाललाई स्थगन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा बसेको…

प्रतिकृयाहरू
...