Tuesday 13th January 2026

नेपाल अोमानसँग ७ विकेटले पराजित भयो


तितोपाटी – एसिया कप छनोटको पहिलो खेलमा एक दिवसिय मान्यता प्राप्त नेपाल ओमानसँग ७ विकेटले पराजित भएको छ । टस हासेर पहिले ब्याटीङ गरेको नेपालले ९ विकेट गुमाएर प्रस्तुत गरेको २ सय २२ रनको लक्ष्य अोमानले ४८ ओभरमा ३ विकेट गुमाएर भेटायो ।

नेपालका लागि पारस खड्काले मात्र विकेट लिन सके । ओमानका दुई ब्याट्सम्यान रनआउट भएका थिए ।

मलेसियामा सुरु छनोट प्रतियोगितामा नेपालले ओमानसँगको यो पहिलो खेल हो । खेलमा सागर पुनले बनाएको ८३ रनको मद्दतमा नेपालले मध्यमस्तरको लक्ष्य दिएको थियो ।

कमजोर टिम मानिएको ओमानले नेपाललाई पराजित गरेपछि एसिया कपमा छनोट हुने नेपालको सम्भावना अन्य देशको नतिजामा भर पर्नुपर्ने हुन्छ । अब बाँकी चारै वटा खेल जितेपनि नेपालले अरुको नतिजा कुर्नुपर्ने हुन्५ ।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

प्रतिकृयाहरू
...