Tuesday 13th January 2026

एसिया कप छनाैट चरणमा नेपालद्वारा अोमानलार्इ २२२ रनको लक्ष्य


तितोपाटी – मलेसियामा जारी एसिया कप छनोटको पहिलो खेलमा नेपालले ओमानसामु २ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ। बायुमास ओभल मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले पूरै ५० ओभरमा ९ विकेट गुमाउदै २ सय २१ रन बनाएको छ।

नेपालको पालीमा सागर पुनले सर्वाधिक ८३ रनको योगदान दिएका छन्। सागरले ८४ बलको सामना गर्दै ६ चौंका र २ छक्का प्रहार गरे। त्यस्तै ओपनर ज्ञानेन्द्र मल्लले ६० बलमा ६ चौंका र १ छक्काको मद्दतमा ४५, आरिफ शेखले ३६ र करण केसीले नटआउट २६ रनको योगदान दिए।

त्यस्तै कप्तान पारस खड्काले ८, सुबास खकुरेलले ४, दिपेन्द्र सिंह ऐरीले ९, सोमपाल कामीले ५ रन बनाउदा  र रोहितकुमार पौडेल शुन्य, रनमा आउट भए।

सुरुवातमै लगातार ४ विकेट गुमाएको नेपालका लागि सागर पुन र आरिफ शेखको जोडिले इनिङ उकासेको थियो। ओमानका लागि बिलाल खान, मोहमेद नदिम र अजय लालचेटाले समान २–२ विकेट लिए। अबको केही समयपछि ओमानले जवाफी ब्याटिङ गर्नेछ।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

प्रतिकृयाहरू
...