Friday 19th December 2025

रूसले शीतयुद्ध पछिको सबैभन्दा ठुलो सैनिक अभ्यास गर्ने


तितोपाटी – रुसले आगामी महिना शीतयुद्ध पछि पहिलोपटक सबैभन्दा विशाल युद्ध अभ्यास गर्ने भएको रुसी रक्षा मन्त्रीले बताएका छन्।

सन् १९८० पछि तीन लाख सेना र एक हजार विमान प्रयोग गरी हुने सैन्य अभ्यासलाई भोस्टोक–२०१८ नामाकरण गरिने छ। सेप्टेम्बर १० देखि पाँच दिन हुने अभ्यासमा मुलुकका केन्द्रदेखि पूर्वी क्षेत्रसम्मका सबै तहका सेनाको प्रतिनिधित्व हुनेछ।

यो अभ्यास पूर्वी यूरोपमा सन् १९८१ मा गरिएको झापड–८१ को झलक दिने खालको तर कतिपय बिषयमा अझ विशाल अभ्यास हुने रक्षा मन्त्री सर्गेई सोइगुले बताए। उनले थपे, “कल्पना गर्नुस्, ३६ हजार सैनिक हतियार, हतियार ट्याङ्कहरू, सैन्य गाडीहरू एकैपटक चलेको यो पक्कै अनौठो हुनेछ।”

रुसले गत बर्ष झापड–२०१७ नामक सैन्य अभ्यास गरेको थियो जसमा १२ हजार ७०० सेनाको प्रयोग भएको थियो।


सम्बन्धित शीर्षकहरु

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

पुनरावेदन अदालतको दोस्रो सर्किटले लागूऔषध तस्करीको आरोपमा चार इरानी नागरिकलाई मृत्युदण्डको सजाय सुनाउने फौजदारी अदालतको फैसलालाई समर्थन गरेको छ ।…

बेलायती प्रहरीले बुधबार चेतावनी दिँदै भन्यो, “इन्तिफादालाई विश्वव्यापीकरण” गर्न सार्वजनिक रूपमा प्यालेस्टिनी समर्थक आह्वान गर्नेहरूलाई पक्राउ गरिनेछ, बोन्डी बीच नरसंहार…

प्रतिकृयाहरू
...