Sunday 12th April 2026

अायरल्याण्डमा याैन दुर्व्याबहार गर्ने पोप विरूद्ध प्रदर्शन


तितोपाटी – क्याथोलिक चर्चमा यौन शोषण भएको भन्दै आयरल्यान्डमा हजारौंले पोप फ्रान्सिससामु चर्च र पादरीलाई कारबाहीको माग गरी प्रदर्शन गरेका छन् । भ्याटिकनको पहेँलो र सेतो रंगको झण्डा लिएर उनीहरूले विशाल प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरूले ‘नोप टु द पोप’ लेखेका ब्यानर पनि बोकेका थिए । क्रिस्चियन धर्मावलम्बीको पवित्रस्थल भ्याटिकनले धर्म र राज्यबीच फरक नदेखेको र गर्भपतनलाई मान्यता नदिएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

ननको पोशाक लगाएकी लीसा बार्सियनले भनिन्, ‘मलाई लाग्छ, पोपले घुँडा टेकेर बसी आयरल्यान्डका जनतासँग माफी माग्नु पर्छ ।’ प्रदर्शनकारीले पीडितका नाममा प्रार्थना नभई पोपले काम गर्नुपर्ने माग गरेका थिए । उनीहरूले ‘पोप फ्रान्सिसले आफ्नो अवसर गुमाए’, ‘धर्म सही हुन्छ, बलात्कार हुँदैन’ जस्ता नारा दगाएका थिए । रेजिडेन्शल इन्स्टिच्यूशन सरभाइभर्स नेटवर्कका संस्थापक विलियम ग्यारीले रुँदै भीडलाई सम्बोधन गरेकी थिइन् । उनले आफूलाई बाल्यकालमा यौनशोषण गरेको खुलासा गरेकी थिइन् । ५३ वर्षीया विलियमले भनिन्, ‘यो सबै बन्द ढोकाभित्र भएको थियो । बन्द कोठामा भएको थियो ।’

पोप फ्रान्सिसले आयरल्यान्डका चर्चमा भएको बाल यौनशोषणका बारेमा शनिवार चिन्ता व्यक्त गरेका थिए । केही समयपूर्व आयरल्यान्डका चर्चमा वर्षौंसम्म बाल यौनशोषणका घटना सार्वजनिक भएका थिए । यसको विश्वभर आलोचना भएपछि पोपले आफू चिन्तित भएको बताएका थिए । यी घटना सार्वजनिक भएसँगै पोपलाई असहज भएको छ । उनी आइरिस सरकारले गरेको एक कार्यक्रममा पनि सहभागी भएका छन् ।

पोप प्रान्सिस सहभागी कार्यक्रममा चर्च र पादरीले यौनशोषणमा परेका व्यक्तिले आक्रोश व्यक्त गर्दै विरोध गरेका थिए । चार दशकअघि तत्कालीन पोपले पनि आयरल्यान्ड भ्रमण गरेका थिए । पोपले उक्त कार्यक्रममा चर्च र आफू पनि लज्जित भएको बताएका थिए । यस्ता घटना रोक्न आफूले प्रयास गर्ने बताएका थिए । चर्चमा वर्षौंसम्म यौन शोषणका घटना सार्वजनिक हुनथालेपछि आयरल्यान्डमा चर्च र पादरीको नैतिकतामाथि विश्वासमा कमी आएको छ ।


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...