Wednesday 8th October 2025

अायरल्याण्डमा याैन दुर्व्याबहार गर्ने पोप विरूद्ध प्रदर्शन


तितोपाटी – क्याथोलिक चर्चमा यौन शोषण भएको भन्दै आयरल्यान्डमा हजारौंले पोप फ्रान्सिससामु चर्च र पादरीलाई कारबाहीको माग गरी प्रदर्शन गरेका छन् । भ्याटिकनको पहेँलो र सेतो रंगको झण्डा लिएर उनीहरूले विशाल प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरूले ‘नोप टु द पोप’ लेखेका ब्यानर पनि बोकेका थिए । क्रिस्चियन धर्मावलम्बीको पवित्रस्थल भ्याटिकनले धर्म र राज्यबीच फरक नदेखेको र गर्भपतनलाई मान्यता नदिएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

ननको पोशाक लगाएकी लीसा बार्सियनले भनिन्, ‘मलाई लाग्छ, पोपले घुँडा टेकेर बसी आयरल्यान्डका जनतासँग माफी माग्नु पर्छ ।’ प्रदर्शनकारीले पीडितका नाममा प्रार्थना नभई पोपले काम गर्नुपर्ने माग गरेका थिए । उनीहरूले ‘पोप फ्रान्सिसले आफ्नो अवसर गुमाए’, ‘धर्म सही हुन्छ, बलात्कार हुँदैन’ जस्ता नारा दगाएका थिए । रेजिडेन्शल इन्स्टिच्यूशन सरभाइभर्स नेटवर्कका संस्थापक विलियम ग्यारीले रुँदै भीडलाई सम्बोधन गरेकी थिइन् । उनले आफूलाई बाल्यकालमा यौनशोषण गरेको खुलासा गरेकी थिइन् । ५३ वर्षीया विलियमले भनिन्, ‘यो सबै बन्द ढोकाभित्र भएको थियो । बन्द कोठामा भएको थियो ।’

पोप फ्रान्सिसले आयरल्यान्डका चर्चमा भएको बाल यौनशोषणका बारेमा शनिवार चिन्ता व्यक्त गरेका थिए । केही समयपूर्व आयरल्यान्डका चर्चमा वर्षौंसम्म बाल यौनशोषणका घटना सार्वजनिक भएका थिए । यसको विश्वभर आलोचना भएपछि पोपले आफू चिन्तित भएको बताएका थिए । यी घटना सार्वजनिक भएसँगै पोपलाई असहज भएको छ । उनी आइरिस सरकारले गरेको एक कार्यक्रममा पनि सहभागी भएका छन् ।

पोप प्रान्सिस सहभागी कार्यक्रममा चर्च र पादरीले यौनशोषणमा परेका व्यक्तिले आक्रोश व्यक्त गर्दै विरोध गरेका थिए । चार दशकअघि तत्कालीन पोपले पनि आयरल्यान्ड भ्रमण गरेका थिए । पोपले उक्त कार्यक्रममा चर्च र आफू पनि लज्जित भएको बताएका थिए । यस्ता घटना रोक्न आफूले प्रयास गर्ने बताएका थिए । चर्चमा वर्षौंसम्म यौन शोषणका घटना सार्वजनिक हुनथालेपछि आयरल्यान्डमा चर्च र पादरीको नैतिकतामाथि विश्वासमा कमी आएको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- बिगत दुई दिन देखि   निरन्तर परेको पानीको कारण बाढी पहिरो परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ ।नेपाल प्रहरीले…

तितोपाटी- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । …

तितोपाटी-नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।  नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम…

प्रतिकृयाहरू
...