Monday 5th October 2026

ठमेलकी अल्विना बनिन् ‘टिन प्रिन्सेस नेपाल-२०१८’


तितोपाटी – सौन्दर्य प्रतियोगिता ‘टिन प्रिन्सेस नेपाल–२०१८’को उपाधि काठमाडौं ठमेलकी १६ वर्षीय अल्विना तिमल्सिनाले जितेकी छिन्।

र्याम्प जोनले शुक्रबार साँझ आयोजना गरेको प्रतियोगितामा दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘मिस व्युटिफुल’को उपाधि पनि पाइन् । अल्विनाले क्राउन, ट्रफीसँगै रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा ४० हजार रुपैयाँको व्युटिसियन कोर्ष, मर्सी एजुकेसनबाट आईएलट्सि कोर्ष र विभिन्न उपहार प्राप्त गरिन्।

प्रतियोगितामा समिना नकर्मी ‘फस्ट रनर अप’ र सविना धानुक ‘सेकेन्ड रनरअप’ बने । विधागततर्फ मोमिला भुजेल मगर ‘मस्ट पपुलर’, निशा लता राई ‘वेस्ट पर्सनालिटी’, आरती चौलागाईं ‘मस्ट फोटोजेनिक’, तारा दयाल ‘मस्ट डेडिकेटेड’, शान्ति ढकाल ‘बेस्ट क्याटवाक’, आस्मा खड्का ‘बेस्ट स्माइल’ र सविना धानुक ‘मस्ट ट्यालेन्ट’ भए।

प्रतियोगिताको निर्णायकमा गायक आनन्द कार्की, नायक प्रदीप खड्का, प्राध्यापक ज्योत्सना राजभण्डारी, गायिका बसन्त प्रकृतिलगायत थिए । मोनिका श्रेष्ठ र दिग्बिजय श्रेष्ठको संयोजनमा सम्पन्न प्रतियोगिताको कोरियोग्राफरमा अश्विनी झा थिए।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा दुईवटा डुंगा आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं यात्रु बेपत्ता…

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अफगानिस्तानका शिक्षा मन्त्री हबिबुल्लाह आगा र उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदिमविरुद्ध पक्राउ पुर्जी जारी…

प्रतिकृयाहरू
...