Friday 7th November 2025

रसियाली राष्ट्रपतिका अालोचकलार्इ जेल सजायको फैसला


तितोपाटी – रुसको एउटा अदालतले राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक एलेक्सै नाभाल्नीलाई जेल सजायको फैसला गरेको छ । विपक्षी दलका नेतासमेत रहेका नाभाल्नीलाई अदालतले सोमबार जेल सजायको फैसला सुनाएको हो ।

समाचार अनुसार यसै वर्षको शुरुमा उनको नेतृत्वमा भएको प्रदर्शन गैरकानूनी भएको ठहर गर्दै अदालतले उनलाई ३० दिनको जेल सजाय तोकेको हो ।

नाल्भानी मंगलबार अर्को राजनीतिक -याली गर्ने तयारीमा थिए । तर अगावै अदालतले उनीमाथि जेल सजाएको फैसला सुनाएको छ ।

टीभेर्सको जिल्ला अदालतका न्यायाधीश एलेक्सै स्टेक्लीयभले नाभाल्नीबाट पटकपटक रुसको कानूनको उलङ्घन भएकाले जेल सजाय दिनु परेको बताएका छन् ।

जेल सजाय सुनाइएका नाभाल्नीलाई उनको मस्कोस्थित निवासबाट नियन्त्रणमा लिएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
एजेन्सी


सम्बन्धित शीर्षकहरु

लुलु समूहले आगामी बेआउट प्लस मल भित्र नयाँ हाइपरमार्केट खोल्न बेआउट होल्डिङसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ, जसले अल मुतला…

कुवेत एयरवेजले कार्गो र विभिन्न व्यापार आदानप्रदान सेवाहरू बढाउन लुलु हाइपरमार्केट कुवेतसँग संयुक्त सहयोग प्रोटोकलमा हस्ताक्षर गरेको छ। अल-फगान: लुलु…

न्यूयोर्क शहरको मेयरमा जोहरान ममदानीको चुनावी जितको उत्सव मनाउन भारतीयहरूले बुधबार सामाजिक सञ्जालमा उज्यालो छाए, उनले आफ्ना भारतीय मूलका आमाबाबुलाई…

प्रतिकृयाहरू
...