Sunday 12th April 2026

रसियाली राष्ट्रपतिका अालोचकलार्इ जेल सजायको फैसला


तितोपाटी – रुसको एउटा अदालतले राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक एलेक्सै नाभाल्नीलाई जेल सजायको फैसला गरेको छ । विपक्षी दलका नेतासमेत रहेका नाभाल्नीलाई अदालतले सोमबार जेल सजायको फैसला सुनाएको हो ।

समाचार अनुसार यसै वर्षको शुरुमा उनको नेतृत्वमा भएको प्रदर्शन गैरकानूनी भएको ठहर गर्दै अदालतले उनलाई ३० दिनको जेल सजाय तोकेको हो ।

नाल्भानी मंगलबार अर्को राजनीतिक -याली गर्ने तयारीमा थिए । तर अगावै अदालतले उनीमाथि जेल सजाएको फैसला सुनाएको छ ।

टीभेर्सको जिल्ला अदालतका न्यायाधीश एलेक्सै स्टेक्लीयभले नाभाल्नीबाट पटकपटक रुसको कानूनको उलङ्घन भएकाले जेल सजाय दिनु परेको बताएका छन् ।

जेल सजाय सुनाइएका नाभाल्नीलाई उनको मस्कोस्थित निवासबाट नियन्त्रणमा लिएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
एजेन्सी


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...