Monday 20th May 2024

अब युवा पासपोर्ट बोकेर बिदेश होइन , सिंहदरबार छिर्नु पर्दछ I


जय नारायण माझी

समय ,सिद्धान्त र समाज परिवर्तनशिल हुन्छन त्यसैले समयको माग अनुसार सिद्धान्त र समाजलाई परिवर्तन गर्दै लग्नु पर्छ ,यहि नै हो समाजवाद उन्मुख ब्यवस्थाको नियम I समयले मागे अनुसार परिवर्तन गर्न सकेनौ भने यस आधुनिक विश्व जगतको प्रविधिको उपभोगबाट बन्चित त हुन्छौं नै साथसाथै  स्वास्थ ,शिक्षा , मौलिक हकधिकार बाट झन झन हामि पछि पर्दै गरिबीको मार सहेर हाम्रो जिवन यापन गर्न बाध्य हुनेछौ , त्यसैले अझ पनि समय छ हामी परिवर्तनको निम्ति सम्बाहक बनौं र बनाऔं  I२००७ साल देखिको नेपालि राजनीतिक वृतचित्र हेर्न हो भने ब्यवस्था परिवर्तन को नाममा नेपाली जनताले विभिन्न काल खण्डमा बलिदानी दिदै आज देश सङ्घिय लोकतान्त्रिक गणतन्त्रात्मक सम्म आई पुगेको छ देशमा ब्यस्था परिवर्तन त भयो तर परिवर्तनको नाम मा केही मुठी भरका ब्यक्ती हरुका जीवन मात्र परिवर्तन भए I ब्यवस्था परिवर्तन सङ्ग सङ्गै देशमा यसरी नातावाद , कृपावाद , अवसरवाद हरु हावी भए कि नेपालि जनताको स्थिति हिजो जहाँ थियो , आज त्यहीँ छ , यस्तै  रवैया रही  रहने हो भने  भोलि पनि त्यहीँ रहनेछ I आज देश दिनानुदिन  गरिबिको दलदलमा फस्दै छ , विश्व एकाईसौ सताप्दिको उत्तार्धमा धेरै फड्को मारेर आफ्नो आफ्नो होडबाजी गर्दै मङ्गल ग्रहमा समेत बस्ती बसाउने तर्खरमा छ , तर नेपाली जनता र नेपाल भित्रका युवा शक्ति गरिबी , आभाव , बेरोजगारिको चरम चपेटामा  छन आखिर यो दोस कस्को भन्ने खोलाको बगरमा डुङ्गा फुटाउने , खेतमा हलो जोत्नेको कि नेपालको झण्डा गाडिमा फर्फराउदै हिड्नेको ? कुनै पनि देश बिकास , समृद्धि , सम्पन्न , परनिर्भरताको अनत्य नहुनुमा त्यस देश भित्र रहेको अवसरवाद , नातावाद , कृपावाद , यथास्थितिवादीहरुको हातमा हुन्छ , जसलाई राजनैतिक किचड ( फोहर ) भनिन्छ , त्यस राजनैतिक किचडलाई सफा गर्ने जिम्मेवारी त्यसै देशको युवा शक्तीको काधमा हुन्छ्न I हरेक प्रतिकुलतालाई अवसरमा बद्ल्ने कोशिस गरौ , भनिन्छ नि – कालो बादलमा पनि चादिको घेरा हुन्छ , हाम्रो सामु समस्याहरु  कहिले एक्लै  आउदैनन  , समस्या सङ्ग सङ्गै समाधान पनि लिएर आएका हुन्छन , मात्र हामिले चिन्न सक्नु पर्छ , आशावादी बनौ र बनाऔं  , म आफु के गर्न सक्छु भनि  ध्यान केन्द्रीत गरौं , हार्डवर्क होइन , स्मार्टवर्क गरौ पुरानो शैली ,पुरानो तरिका ,पुरानो सोच भएकाहरु लाई बाई बाई गरौ I हरेक  बिहानीको नवितम घाम सङै नयाँ जोस जागरको साथ आगाडि बढेर नेपाल र नेपालि जनता लाई परिवर्तन गर्नको लागि अगाडि बढौ..अब हामी युवा शक्ति ले देखाउनु छ ,पुरातनवादी सोच भएको नेतृत्व पङ्तिलाई … देश बिकास र समृद्धि कसरी हुन्छ भन्ने कुरा I अब  युवा हातमा पासपोर्ट बोकेर बिदेश जाने मात्र होइन , युवा आफ्नो जोस जागर र देश भक्ती भावनाले सिंहदरबार छिर्ने हैकम राखेर राज्यको बागडोर कसरि समाल्नु पर्छ भन्ने कुरा सोच्नु पर्दछ I तसर्थ अब हाम्रो चेतना को ढोकाहरु खोलौ , देश र जनताको निम्ति अनि हामी सबैको निम्ति I


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिदै छन् । प्रधानमन्त्रीले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत…

इंग्लिश प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । गएराति भएको प्रिमियर लिगको अन्तिम खेलमा वेस्ट ह्यामलाई ३–१ ले हराएर…

सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको…

प्रतिकृयाहरू
...