Tuesday 6th October 2026

अब युवा पासपोर्ट बोकेर बिदेश होइन , सिंहदरबार छिर्नु पर्दछ I


जय नारायण माझी –

समय ,सिद्धान्त र समाज परिवर्तनशिल हुन्छन त्यसैले समयको माग अनुसार सिद्धान्त र समाजलाई परिवर्तन गर्दै लग्नु पर्छ ,यहि नै हो समाजवाद उन्मुख ब्यवस्थाको नियम I समयले मागे अनुसार परिवर्तन गर्न सकेनौ भने यस आधुनिक विश्व जगतको प्रविधिको उपभोगबाट बन्चित त हुन्छौं नै साथसाथै  स्वास्थ ,शिक्षा , मौलिक हकधिकार बाट झन झन हामि पछि पर्दै गरिबीको मार सहेर हाम्रो जिवन यापन गर्न बाध्य हुनेछौ , त्यसैले अझ पनि समय छ हामी परिवर्तनको निम्ति सम्बाहक बनौं र बनाऔं  I२००७ साल देखिको नेपालि राजनीतिक वृतचित्र हेर्न हो भने ब्यवस्था परिवर्तन को नाममा नेपाली जनताले विभिन्न काल खण्डमा बलिदानी दिदै आज देश सङ्घिय लोकतान्त्रिक गणतन्त्रात्मक सम्म आई पुगेको छ I  देशमा ब्यस्था परिवर्तन त भयो तर परिवर्तनको नाम मा केही मुठी भरका ब्यक्ती हरुका जीवन मात्र परिवर्तन भए I ब्यवस्था परिवर्तन सङ्ग सङ्गै देशमा यसरी नातावाद , कृपावाद , अवसरवाद हरु हावी भए कि नेपालि जनताको स्थिति हिजो जहाँ थियो , आज त्यहीँ छ , यस्तै  रवैया रही  रहने हो भने  भोलि पनि त्यहीँ रहनेछ I आज देश दिनानुदिन  गरिबिको दलदलमा फस्दै छ , विश्व एकाईसौ सताप्दिको उत्तार्धमा धेरै फड्को मारेर आफ्नो आफ्नो होडबाजी गर्दै मङ्गल ग्रहमा समेत बस्ती बसाउने तर्खरमा छ , तर नेपाली जनता र नेपाल भित्रका युवा शक्ति गरिबी , आभाव , बेरोजगारिको चरम चपेटामा  छन आखिर यो दोस कस्को भन्ने ?  खोलाको बगरमा डुङ्गा फुटाउने , खेतमा हलो जोत्नेको कि नेपालको झण्डा गाडिमा फर्फराउदै हिड्नेको ? कुनै पनि देश बिकास , समृद्धि , सम्पन्न , परनिर्भरताको अनत्य नहुनुमा त्यस देश भित्र रहेको अवसरवाद , नातावाद , कृपावाद , यथास्थितिवादीहरुको हातमा हुन्छ , जसलाई राजनैतिक किचड ( फोहर ) भनिन्छ , त्यस राजनैतिक किचडलाई सफा गर्ने जिम्मेवारी त्यसै देशको युवा शक्तीको काधमा हुन्छ्न I हरेक प्रतिकुलतालाई अवसरमा बद्ल्ने कोशिस गरौ , भनिन्छ नि – कालो बादलमा पनि चादिको घेरा हुन्छ , हाम्रो सामु समस्याहरु  कहिले एक्लै  आउदैनन  , समस्या सङ्ग सङ्गै समाधान पनि लिएर आएका हुन्छन , मात्र हामिले चिन्न सक्नु पर्छ , आशावादी बनौ र बनाऔं  , म आफु के गर्न सक्छु भनि  ध्यान केन्द्रीत गरौं , हार्डवर्क होइन , स्मार्टवर्क गरौ पुरानो शैली ,पुरानो तरिका ,पुरानो सोच भएकाहरु लाई बाई बाई गरौ I हरेक  बिहानीको नवितम घाम सङै नयाँ जोस जागरको साथ आगाडि बढेर नेपाल र नेपालि जनता लाई परिवर्तन गर्नको लागि अगाडि बढौ..अब हामी युवा शक्ति ले देखाउनु छ ,पुरातनवादी सोच भएको नेतृत्व पङ्तिलाई … देश बिकास र समृद्धि कसरी हुन्छ भन्ने कुरा I अब  युवा हातमा पासपोर्ट बोकेर बिदेश जाने मात्र होइन , युवा आफ्नो जोस जागर र देश भक्ती भावनाले सिंहदरबार छिर्ने हैकम राखेर राज्यको बागडोर कसरि समाल्नु पर्छ भन्ने कुरा सोच्नु पर्दछ I तसर्थ अब हाम्रो चेतना को ढोकाहरु खोलौ , देश र जनताको निम्ति अनि हामी सबैको निम्ति I


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...