Wednesday 4th March 2026

यस्ता पो समाजसेवीः जसले ७२९ परिवारलार्इ साढे ३६ लाख सहयोग बाँडे


तितोपाटी – दोलखा जिल्लाको उत्तरी दुर्गम विगू गाउँपालिका, खोपाचागू (साविकको खोपाचागू गाविस)का वासिन्दालाई माथिल्लो तामाकोसी आयोजनाको सेयर आवेदन गर्न समाजसेवी दीपक खड्काले साढे ३६ लाख नगद सहयोग गरेका छन्।

तामाकोसी जलविद्युत् आयोजनाले दोलखा जिल्लावासीका लागि खुला गरेको सेयर आवेदन गर्न खोपाचागूका कोही पनि आफन्त र छिमेकी नछुटुन् भनी समाजसेवी खड्काले ३६ लाख ३५ हजार नगद वितरण गरेका हुन्। शनिबार आफ्नो गृह गाउँ खोपाचागूमा एक कार्यक्रम आयोजना गरी विगू गाउँपालिकाका वडा नं ८ का सात सय २९ परिवारलाई प्रतिपरिवार नगद पाँच हजारका दरले खड्काले उक्त रकम हस्तान्तरण गरेका हुन्।

करिब २० वर्षदेखि अस्ट्रेलियामा बसोबास गरिरहेका खड्काको पुख्र्यौली घर पनि खोपाचागूमा नै पर्दछ। ‘ग’ वर्गमा वर्गीकृत गरिएको साविकको खोपाचागू गाविसबाट खड्का आफूले भने १० हजार बराबरको एक सय कित्ता सेयरका लागि आवेदन गरेका छन्। खड्का अस्ट्रेलियाका लागि नेपाली अवैतनिक महावाणिज्य दूतको रूपमा समेत कार्यरत छन्।

भूकम्पपछि निजी आवास पुनर्निर्माण लाभग्राहीको सूचीमा परेका तथा पुनःसर्वेक्षणका आगि आवेदन गरेकासहितका परिवारलाई आर्थिक अभावका कारण सेयर आवेदन गर्न समस्या नहोस् भनी आफ्नो नियमित खर्च जोगाएर आफूले सहयोग गरेको समाजसेवी खड्काले बताए। करिब ४५ प्रतिशत खोपाचागुवासीले सेयर आवेदन गर्न बाँकी रहेको अवस्थामा यो सहयोगले अब कोही नछुट्ने नेपाली कांग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्काले बताए। भूकम्पले भत्किएको घर निर्माण गरी खल्ति रित्तिएको समयमा सेयर आवेदन गर्न दिपक खड्काले आर्थिक सहयोग गरेको प्रति खोपाचागूका बासिन्दा कृतज्ञ रहेको वडाध्यक्ष खेमबहादुर खड्काले बताए।

भूकम्पमा घर भत्किए पनि निजी आवास पुनर्निर्माण लाभग्राहीको सूचीमा पर्न छुटेका ६२ वर्षीय गोविन्द खड्कालाई पनि पाँच हजार प्रदान गरिएको थियो। खड्काले सरकारले नहेरे पनि दुःखमा परेका बेला गाउँकै दाजुभाइले हेरेकोमा खुसी व्यक्त गरे।

       रकम हस्तान्तरण कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा, प्रदेशसभाका सांसद पशुपति चौंलागार्इं र विशाल खड्का, नेपाली कांग्रेस जिल्ला सभापति रुद्रबहादुर खड्का, विगू गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्कालगायतको उपस्थिति थियो।


सम्बन्धित शीर्षकहरु

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

प्रतिकृयाहरू
...