Monday 5th October 2026

पोखराको फेवातालमा एक किशोरी मृत फेला परिन्


तितोपाटी – पोखराबाट बेपत्ता भएकी एक किशोरी फेवातालमा मृत फेला परेकी छिन् । उनी आईतबार राती १२ बजेतिर फेवातालमा हामफालेको बताईएको छ ।

पुम्दीभुम्दी स्थित कोदीकी १८ बर्षिय सुस्मीता लामिछाने मृत भेटिएकी हुन् । उनी छोरेपाटन उच्च माविको १० कक्षामा पढ्थिन् ।

राती १२ बजे ड्यामसाईडबाट साथी र नजिकको दाजुलाई म्यासेज गरेर वेपत्ता भएकी उनको झोला र मोवाईल ड्यामसाइडकै फेवा किनारमा भेटिएको थियो । उनी साढे ४ बजेतिर घरबाट निस्किएको परिवार श्रोतले बताएको छ ।

घटनास्थलमा खटिएका नेपाल प्रहरी तथा सशस्त्रको रेस्क्युको टिमले झन्डै आधा घण्टाको खोजिकाकार्य पश्चात मृत लाश फेला पारेको थियो।

हाल शब पोस्टमार्टमका लागि अस्पातल लगिएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...