Saturday 28th March 2026

दुर्इ वर्षे बालकले दिनमा ४० खिल्ली चुरोट पिउने !


तितोपाटी – संसार विचित्र छ, पत्याउनुहोस वा नपत्याउनुहोस संसारमा हर बखत नयाँ नयाँ अाश्चर्ययुक्त गतिविधि भएको सार्वजनिक हुने गर्छन । हालै एउटा यस्तै घटना इन्डोनिसियामा सार्वजनिक भएको छ । जम्मा २ वर्षे बालक रापी पामुङ्गकासले एक दिनमै ४० खिल्ली चुरोट पिउँछन् ।

धेरैलाई चुरोट पिउने बानी सानै उमेरदेखि लाग्छ तर रापी पामुङ्गकासको उमेरमा भने सायदै कसैलाई बानी परेको होला । इन्डोनेशियाका दुई वर्षे बालकलाई बजारमा आमाले थापेको पसल वरिपरि फ्याँकिएका ठुटा तानेर चुरोट पिउने बानी लाग्यो । अब उनलाई दिनमा ४० वटा चुरोट नभई हुँदैन ।

उनले चुरोट पिउन थाले लगत्तै रापी सुकाबुमी इलाकामा निकै चर्चित भए । उनलाई मानिसहरुले चुरोट दिन्छन्, उनको लागि सल्काइदिन्छन् र खाएको देखेर हाँस्छन् ।

रापीलाई विगत दुई महिनादेखि चुरोट नखाइ नहुने भएको छ । उनी आजकाल चुरोटसँगै कफी र केक पनि खान्छन् । उनकी आमा मार्यातीले छोरालाई दिनमा दुई बट्टा चुरोट दिने गरेको स्विकार्छिन् । उनका अनुसार चुरोट नदिए छोराको व्यवहार सम्हाल्नै नसक्ने हुन्छ ।

‘छोराले विगत दुई महिनादेखि लगातार चुरोट पिइरहेको छ । यदि मैले उनलाई चुरोट दिइनँ भने ऊ सुत्न सक्दैन । ऊ रुने र चिच्याउने गर्छ,’ मार्यातीले पत्रकारलाई भनिन् ।

अत्यधिक नकारात्मक प्रतिक्रिया पाइरहेका रापीका आमाबुवाले आफ्नो छोराको यस्तो बानी हटाउन अस्पताल पुर्याउने सोच बनाएका छन् ।


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...