Saturday 27th December 2025

नाकको प्वालबाट हावा फुकेर अढाइ मिनेटमा १२ वटा ट्युब भरी विश्व रेकर्ड कायम !


तितोपाटी – टायरमा मुखबाट हावा भर्नका लागि हाम्रो शरिरमा अर्को दुईवटा फोक्सोको आवश्यक पर्ला तर एक चीनियाँ नागरिकले एकैपटक १२ वटा ट्युबमा हावा भरेका छन्, त्यो पनि नाकको एउटा प्वालले । यी व्यक्तिको अचम्मको कलाले उनलाई विश्व रेकर्डको उपाधि दिलाएको छ ।

चीनको नान्जियाङ ग्रान्ड क्यान्योनमा आयोजित एक कार्यक्रममा ४३ वर्षे ताङ्ग फेहुले दुई मिनेट ३० सेकेन्डभित्र एकैपटक १२ वटा टायरमा हावा भरेका छन् ।

यसअघि दुई मिनेट ३० सेकेन्डमा ६ वटा टायरमा हावा भरेर रेकर्ड राखिएको थियो । गत वर्ष अर्का एक चीनियाँ व्यक्तिले २० मिनेटभित्र एकैपटक चारवटा टायरमा हावा भरेर समाचारको हेडलाइन बनेका थिए ।

ताङ्गले नान्जियाङ ग्रान्ड क्यान्योन सिनिक स्पोटमा आउने पर्यटकसामू विभिन्न स्टन्ट देखाएर पैसा कमाउने गर्छन् । उनले टायर ट्युब ट्रिक अनलाइनमा भिडियो हेरेपछि प्रयास गरेको बताए । निकै अघिदेखि मार्सल आर्टस् गरिरहेकाले आफ्नो सास फेर्ने कलाले यसमा केही सघाउ पुर्याउने आशा राखेको जुन सही निर्णय भएको उनले बताए ।

जुलाई ५ तारिखमा फेइहुले लण्डनस्थित वर्ल्ड रेकर्ड सर्टिफिकेशन एजेन्सीलाई आफ्ना बारे जानकारी दिएको र त्यसको एक महिनापछि अगस्ट १२ तारिखमा एजेन्सीका अधिकारीसामू आफ्नो प्रस्तुती दिएपछि उनलाई विश्व रेकर्डको सर्टिफिकेट प्रदान गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहू कतारगेट प्रकरणका कारण आफ्नै देशले घेरिएका छन्। उनको सरकारका मानिसहरू उनीसँग रिसाएका छन्। अन्य नेताहरूले उनको…

बेइजिङ/शेन्जेन — चीनले अत्याधुनिक सेमिकन्डक्टर प्रविधिमा पश्चिमी देशहरूको दशकौँदेखिको वर्चस्व तोड्ने दिशामा ठूलो र गोप्य कदम चालेको खुलासा भएको छ।…

प्रतिकृयाहरू
...