Sunday 12th April 2026

भारतको केरलामा बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या ४४५ पुग्यो


तितोपाटी – भारतको दक्षिणी राज्य केरलाको विनाशकारी बाढीमा परेर मृत्यु हुनेको संख्या आइतबारसम्म ४४५ पुगेको छ । पानीको सतह घट्दै गएसँगै खोजी गर्दा पछिल्लो पटक ४५ जनाको शब भेटिएको अधिकारीहरुले जनाएका छन् ।

राज्यका झण्डै १० लाख मानिसले अझै पनि अस्थायी राहत शिविरहरुमा आश्रय लिइरहेका छन् । बाढीमा हराइरहेका मानिसको खोजपडताल जारी रहेको छ भने घर तथा सार्वजनिक स्थलहरुको सफाईलाई व्यापक बनाइएको छ ।

केरलाका मुख्यमन्त्री पिनारायी विजायनले ट्वीट गरी बाढी पसेका १३०,००० भन्दा बढी घरहरुको सफाई गरिएको जानकारी दिएका छन् । उनले यो संख्या करिब एक तिहाई रहेको पनि बताएका छन् ।

सरकारी अधिकारीहरुले अबरुद्ध विद्युत सेवा चालू गराउने प्रयास भइरहेको जनाएका छन् । घर फर्किन थालेका सर्वसाधारणलाई सर्पको डसाईबाट बच्न समेत सचेत गराइएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार सर्पको डसाईबाट बच्ने उपाय र उपचारको तत्काल व्यवस्था मिलाउन वन्यजन्तु विभाग र मेडिकल टोलीलाई सतर्क अवस्थामा राखिएको छ ।

दिनहुँजसो मृत्युका खबर आइरहेको सन्दर्भमा केरलाका अधिकारीहरुले मृत्युको मुख्य कारण बाढी हो होइन भनी जाँच पनि सुरु गरेका छन् । सरकारले १० हजारभन्दा बढी सडक भत्किएको जनाएको छ भने बाढीबाट करिब ५० हजार घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।
–एएफपी


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...