Sunday 12th April 2026

चीनको एक होटलमा अागलागी हुँदा १९ जनाको मृत्यु


तितोपाटी – चीनको एक होटलमा शनिबार भएको आगलागीमा परि कम्तीमा १९ को मृत्यु भएको छ । २३ घाइते छन् । समाचार एजेन्सीका अनुसार सोंगबेई जिल्लाको स्प्रिंग होटल मा आगो लागेको थिँयो । आगो पछि तुरुन्तै उद्धार कार्य सुरु गरिएको थियो । आगो लाग्नुको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

उत्तरपूर्वी हेइलोङजिआङ प्रान्तको राजधानी हर्बीनको होटलमा शनिबार विहानै आगलागी सुरु भएको अधिकारीहरूले जनाएका छन् । चीनीयाँ सरकारी समाचार संस्था सिन्हवाका अनुसार आगलागीमा १९ को मृत्यु भइसकेको पुष्टि भएको जनाएको छ ।

स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यले उद्धारकार्य जारी रहेको जनाएका छन् । ‘घटनाका कारणका बारेमा अनुसन्धान भइरहेको छ, विस्तृत विवरण आउन बाँकी नै रहेको छ,’ एक अधिकारीले भने ।
चिनमा होटलमा आगलागीका घटना बारम्बार हुने गरेका छन् । सुरक्षा सतर्कता नअपनाइने तथा मर्मतमा वेवास्ता गरिने भएकाले आगलागीका घटनामा वृद्धि हुने गरेको बताइएको छ ।

यसअघि गत अप्रिलमा चीनको दक्षिणी क्षेत्रमा भएको आगलागीमा परी १८ जनाको ज्यान गएको थियो ।  त्यस समयमा कसैले जानेर आफैंले आगो लगाएको हुनसक्ने बताइएको थियो । प्रहरीको अनुसार,आइतबार दिउँसो गुआंग्डोंग प्रांतका किंगुआन शहरको तीन तला भएको भवनमा आगो लगाइएको थियो।  त्यसैगरी गत नोभेम्बरमा आगलागीमा परि १९ को मृत्यु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...