Wednesday 1st April 2026

कुवेतमा पनि बिश्वकर्मा पूजा गरिने, उपस्थितिको लागि हार्दिक निमन्त्रणा !


तितोपाटी – नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतले आउदो सेप्टेम्बर १४ तारिकका दिन बिश्वकर्मा पूजा साथमा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

बिश्वकर्मा पूजा आश्विन संक्रान्तिका दिन अर्थात सेप्टेम्बर १७ तारिकका दिन मनाउनु पर्ने हो तर प्रवासमा छुट्टीको समयलाई मध्यनजर गर्दै १४ तारिक नै मनाउन लागेको कार्यक्रम संयोजक बिष्णु माया बिश्वकर्माले तितोपाटी लाई जानकारी गराएकी छिन ।

गत वर्ष पनि नमुना बिश्वकर्मा समाज – नेपाल कुवेतले कुवेतको नेपाली समाजमा धुमधामका साथ बिश्वकर्मा पुजा साथमा साँस्कृतिक कार्यक्रम गरेको थियो । बिश्वकर्मा कालिगढ हुन जसले द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ ।

एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको हो । प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक देवताका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मान्ने गरिन्छ ।

कुवेतमा कृयाशिल कूटनीतिक नियोग, सघं-सFस्था, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडी लगायत सम्पुर्ण कुवेतबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई उक्त दिनको पूजा कार्यक्रममा सरिक भइ फुल प्रसाद ग्रहण गरिदिनको लागि नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतले हार्दिक निमन्त्रणा गरेको छ ।

कार्यक्रम हुने समय, स्थान र मिति निम्न बमोजिम रहेको छ ।

समय :- बिहानको ठिक १० बजे
स्थान :- पपिन्स हल जिलिब, कुवेत
मिति :- सन् २०१८, सेप्टेम्बर १४ तारिक शुक्रबारको दिन


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...