Friday 7th November 2025

संयुक्त राष्ट्रसंघका पुर्व महासचिव कोफी अन्नानको ८० वर्षको उमेरमा निधन


तितोपाटी – संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको स्वीट्जरल्याण्डको एक अस्पतालमा निधन भएको छ। संयुक्त राष्ट्रसंघका भूतपूर्व महासचिव कोफी अन्नानको स्वीट्जरल्याण्डको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

८० वर्षीय अन्नान बिरामी परेपछि अस्पतालमा उपचार भइरहेको थियो। उनको निधनबारे पुष्टि गर्दै उनको परिवारले उनी एक विश्वव्यापी राजनेता भएको जो आफ्नो जीवनभर अझ समान तथा शान्तिपूर्ण विश्वका लागि गहिरो रूपमा प्रतिबद्ध रहेको बताएको छ।

संयुक्त राष्ट्रसंघको सबैभन्दा उच्च पदमा पुग्ने उनी पहिलो अश्वेत अफ्रिकी हुन्। सन् १९९७ देखि २००६ को बीचमा दुई पटकसम्म उनले महासचिवको कार्यभार सम्हालेका थिए। सन् २००१ मा उनलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो। उनले संयक्त राष्ट्र संघको विशेष प्रतिनिधि भएर सिरियामा शान्ति स्थापनाको लागि समेत काम गरेका थिए। अन्नान सन् ८ अप्रिल १९३८ मा घानको कुमासीमा जन्मिएका थिए। उनका श्रीमती र तीन सन्तान छन्।


सम्बन्धित शीर्षकहरु

कुवेत एयरवेजले कार्गो र विभिन्न व्यापार आदानप्रदान सेवाहरू बढाउन लुलु हाइपरमार्केट कुवेतसँग संयुक्त सहयोग प्रोटोकलमा हस्ताक्षर गरेको छ। अल-फगान: लुलु…

न्यूयोर्क शहरको मेयरमा जोहरान ममदानीको चुनावी जितको उत्सव मनाउन भारतीयहरूले बुधबार सामाजिक सञ्जालमा उज्यालो छाए, उनले आफ्ना भारतीय मूलका आमाबाबुलाई…

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० पार्टी/समूहबीच एकता घोषणा भएको छ । बुधबार (कात्तिक १९) भृकुटीमण्डपमा एक कार्यक्रम…

प्रतिकृयाहरू
...