Tuesday 17th March 2026

संयुक्त राष्ट्रसंघका पुर्व महासचिव कोफी अन्नानको ८० वर्षको उमेरमा निधन


तितोपाटी – संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको स्वीट्जरल्याण्डको एक अस्पतालमा निधन भएको छ। संयुक्त राष्ट्रसंघका भूतपूर्व महासचिव कोफी अन्नानको स्वीट्जरल्याण्डको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

८० वर्षीय अन्नान बिरामी परेपछि अस्पतालमा उपचार भइरहेको थियो। उनको निधनबारे पुष्टि गर्दै उनको परिवारले उनी एक विश्वव्यापी राजनेता भएको जो आफ्नो जीवनभर अझ समान तथा शान्तिपूर्ण विश्वका लागि गहिरो रूपमा प्रतिबद्ध रहेको बताएको छ।

संयुक्त राष्ट्रसंघको सबैभन्दा उच्च पदमा पुग्ने उनी पहिलो अश्वेत अफ्रिकी हुन्। सन् १९९७ देखि २००६ को बीचमा दुई पटकसम्म उनले महासचिवको कार्यभार सम्हालेका थिए। सन् २००१ मा उनलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो। उनले संयक्त राष्ट्र संघको विशेष प्रतिनिधि भएर सिरियामा शान्ति स्थापनाको लागि समेत काम गरेका थिए। अन्नान सन् ८ अप्रिल १९३८ मा घानको कुमासीमा जन्मिएका थिए। उनका श्रीमती र तीन सन्तान छन्।


सम्बन्धित शीर्षकहरु

काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।…

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

प्रतिकृयाहरू
...