Wednesday 17th December 2025

एमअाेयुमा मलेसिया र नेपालविच सैद्धान्तिक सहमति भएको मलेसियाली मन्त्रीको भनार्इ


तितोपाटी – तितोपाटी- मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले कामदार आदानप्रदान सम्वन्धि मलेसियाको प्रस्ताव नेपालले सैद्धान्तिक रुपमा स्वीकारेको बताएका छन् । “नेपालले मलेसियाको प्रस्ताव सैद्धान्तिक रुपमा स्वीकार गरेको छ” मलेसियाको सरकारी सञ्चार माध्यम बनर्माले मन्त्री कुलालाई उधृत गर्दै लेखेको । उनले अव यसलाई मन्त्रीपरिषदमा लगिने र पारीत गर्ने बताएका छन् ।

उनले कामदार आपूर्ति सम्वन्धि समस्या एमओयू पश्चात छिट्टै समाधान हुने विश्वास समेत व्यक्त गरेका छन् । मन्त्री कुलाले नेपाल आफ्ना नागरिकलाई मलेसियामा रोजगारीका लागि पठाउन ईच्छुक भएपनि चर्को आर्थिक शोषणलाई रोक्न उसले पछिल्लो कदम उठाएको धारणा राखेका छन् । पत्रकारसँगको कुराकानीमा मन्त्री कुलाले नेपाली लगायत अन्य केहि मुलुकका कामदारबाट अरवौं रुपैंयाँ उठाएको अभियोग लागेपछि बेष्टिनेटलाई निलम्वीत गरिएको बताए ।

मलेसियास्थीत नेपाली दूतावासका अनुसार मलेसियाको प्रस्ताव नेपाल पठाइसकिएको छ ।

साभार- देश परदेश


सम्बन्धित शीर्षकहरु

तीतोपाटी – जन जागृति युवा समाज कुवेतले सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका समाजका कृयाशिल सदस्य लाल बहादुर तामाङलाइ १ लाख…

तीतोपाटी – तनहुँ सेवा समाज कुवेतले तनहुँका मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला…

कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय…

प्रतिकृयाहरू
...