Thursday 9th January 2025

अस्ट्रेलिया जाने तयारीमा रहेकी युवतीको प्रेमीले गरे हत्या


तितोपाटी- मोरङको ग्रामथान गाउपालिका ३ सिद्राहामा एक युवतीको धारिलो हतियार प्रयोग गरी विभत्स हत्या भएको छ। विराटनगरबाट घुम्न जाने क्रममा शुक्रबार २३ वर्षकी शिखा घिमिरेको उनकै प्रेमी ३० वर्षिय दिनेश भट्टराईले हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी मनोज केसीका अनुसार दुवैजना घुम्न जाने क्रममा बिहान को १७ प १७२३ नम्बरको स्कुटरमा विराटनगरबाट निस्किएका थिए। घुमघामकै क्रममा भट्टराईले धारिलो हतियार दाउ प्रहार गरेर घिमिरेको हत्या गरेका हुन्।

हत्या गरेर शव नहरको डिलमा फालेर भाग्न खोज्दै गर्दा भट्टराईलाई स्थानीय बासिन्दाले नियन्त्रणमा लिँदै प्रहरीको जिम्मा लगाएका थिए। पक्राउ गर्ने क्रममा ती युवकले स्थानीय बासिन्दालाई हतियारसहित प्रहार समेत गर्न खोजेको एसपी केसीले जानकारी दिए।

त्यस क्रममा गाउलेसँग दोहोरो घम्साघम्सी हुदा छुराले भट्टराईकाे हातमा चोट लागेको छ। पक्राउ गरिएका उनलाई इलाका प्रहरी कार्यालय बेलबारीमा लगेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दुई जना प्रेमीप्रेमीका भएको खुलेको छ।

दुवैबीच प्रेमसम्बन्ध रहेको र युवतीले धोका दिन खोजेको आशंकामा युवकले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी केसीले बताए। उनले भनेअनुसार हत्या गरिएकी युवती एक सातापछि अस्ट्रेलिया जाने तयारीमा थिइन्।

अरु नै केटाहरुसँग लागेर धोका दिँदै अष्ट्रेलिया जान खोजेका कारण आफूले हत्या गरेको बयान भट्टराईले प्रहरीलाई दिएका छन्।

भट्टराईले भने, ‘केही दिनदेखि शिखा अरुनै केटाहरुँंग लागेको चाल पाएँ। त्यसपछि मौका छोपेर एकान्त ठाउँमा लगेर हत्या गरेको हुँ।’ युवतीको अनुहार, घाँटी, पेटमा धारिलो हतियार दाउ प्रहार गरेर विभत्स ढंगले हत्या गरिएको प्रहरीले जनाएको छ।

साभार देशसंचार


सम्बन्धित शीर्षकहरु

च्याट जीपीटी निर्माता ओपनएआईका सीईओ साम अल्टम्यानलाई उनकी बहिनीले यौन शोषणको आरोप लगाएकी छन्। यस मामिलामा सामकी बहिनी एन ओल्टम्यानले…

कुवेत: कुवेतले HH अमिर शेख मेसल अल-अहमद अल-जाबेर अल-सबाहको निर्देशनद्वारा निर्देशित महिला सशक्तिकरणको लागि आफ्नो प्रतिबद्धतालाई सुदृढ गर्दै 2024 को…

नेपाल सरकार ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ९ बुँदे स्पष्टीकरण सोध्दै उनलाई पदबाट हटाउने कसरत शुरू…

प्रतिकृयाहरू
...