Thursday 14th May 2026

जनताको टाउकोमा कर थुपारे पछि सुविधा पनि चाहियो सरकार


बसन्त थापा- एउटा खाल्डो पुर्न नसक्ने सरकार ले यति गरे उति गरे भन्नु लज्जास्पद कुरा संघीयता खारिज नगरे सम्म जनतालाई पिडादाई दिन सकिने छैन संघीयता त तीन लाई मात्र आयो जो मुखमन्त्री मन्त्री मुख्य सचिब साम्सद भएर हरेक प्रदेश लाई चुसेर किर्ना जस्तै मोटाएका छन म जस्ता सोझा सादा निमुखा जन्ता लाई खै संघीयता आएको बिकास त सम्झने मात्र हो तेसै भनेका हैनन चित्र बहादुर के सिले संघीयता देशको लागी ठीक होईन भनेर।

नागरिकलाइ मृत्यु पछि पनि कर लिन नछोड्ने संघियता लुटतान्त्रिक सरकारले ज्युदै हुदा जीवन बाट मृत्यु पर्यन्त गरिने हरेकक्रिया क्लापको पनि कर लेला कि भन्ने विषयले आजभोली नेपाली  जनताहरू गम्भिर चिन्तनको शिकार हुदै गएका छन् त्यों क़ुरा आम नेपालीहरूलाई यथावत छ जसका कारण अझ बिभिन्न किसिमका घटनाहरु बढ्न सक्ने चिन्ता समेत उत्तिकै थपिएको छ। कर बढाउने तर सुविधा चाई नबढाउने सरकार जनतालाई सुविधा चाईयो बिना सुविधाको कर केका लागी

हाम्रो देशका युवाहरु अरुको देश बनाउन लागि परेका छन म जस्तै,युवा सामर्थ्य जोस जागर  र सीप बिदेशी भुमिमा बेचिएकोछ जसले आफ्नो देशमा राजनीति नेताले आफ्नो एक छत्र राजनीति गरेर देशको ढुकुटि र रेमिटेन्समा राज गरि देशको हालत झन बिकास तिर भन्दा भएको पनि बिनास तिर उन्मुख भएको पाइन्छ ।

देश बनाउन सयौँ सपुत जन्मिनु पर्छ तर देश बिग्रानु भाड्नु हाम्रा नेताहरु जस्ता एक दुई जना कपुत जन्मिए काफी हुन्छ किनकि हाम्रा नेता हरुको कार्यकुशलता हेर्नुहोस सरकारमा पुगेपछी के कस्ता र कति काम गर्छन कार्यशैली बाट सबै छर्लङ्ग हुन्छ।

फुलमाला अनि खादामा सजियका हाम्रा देश भक्त जनप्रेमि नेता र म बर्षाै दखि साउकाे रिणमा थिचिएर अरबमा बेचिएको गाउँले केटाे जय हाेस कम्युनिस्ट सरकारको देशलाई बन्धकमा राखेर दिनहुँ जनतामाथि कर थोपरेर, जन्मिदै प्रति ब्यत्ति रु.५०,००० थाप्लोमा रिन पर्ने सरकारको यो प्रपञ्च कदापि मान्य हुने छैन। संघियताले देश डुबाई सक्यो यस्तै हो भने यो देश जिम्मा लाउनु पर्ने हुन्छ। नेता भ्रष्ट छन तर हाम्रा बुद्धिजीवि किन मौन

परिवर्तन को संवाहक मानिने बिध्यर्थी संगठन का कार्यकर्ता  हरु पनि नेता ले सेतो लाई कालो भन भन्दा कालै भन्न थालेका छन् ।अहिले केहि कार्यकर्ता साथी हरु जनता ले नदेखेका केपी बा का सरकार को उपलब्धी भनेर सामाजिक सञ्जाल मा ब्यापक प्रचार गर्दैछन् । आज सम्म कुनै पार्टीको कार्यकर्ता भैएन पनी यसरी लुटेर खाने पार्टीको कार्यकर्ता हुन पनी  नपरोस। स्वघोषित केही उपलब्धिको को मेरो जवाफ यस्तो छ । 

१-सिन्डिकेट को अनत्य जवाफ : भरौटे कार्यकर्ता र महासेठ बाहेक सामान्य जनता ले अनुभव गर्न पाएका छैनन् २-तस्करी माथि कारवाही र नियन्त्रण जवाफ :३३ किलो सुन कहाँ छ? त्यसका मालिक खै३-बिकास निर्माण को ढिला सुस्ती हटाउने काम जवाफ :मोदी आउने सडक चै राता रात निर्माण भएकै हो तर आज पनि थानकोट -कंलकी र जोरपाटी का जनता हिलो र धुलो खान बाध्य छन् ।४-सुरक्षा कर्मी दुरुपयोग को अन्त्य 

जवाफ : प्रचण्ड कमरेड को सुरक्षा गर्ने सुरक्षा कर्मी कता गए छन् ५-राजमार्ग र सडक सुरक्षा को प्रबन्ध जवाफ : सडक मा भएका खाल्डा खुल्डि मा परेर दैनिक दुर्घटना भएको कसले देखोस ।६-आध्यागमन ब्यवस्थापन मा टोकन प्रणाली 

जवाफ :थाहा नभएको बिषयमा जवाफ नदिएकै राम्रो ।७-पेट्रोलियम चुवाहत रोक्न लकिङ प्रणाली जवाफ: यो चाहि हो राज्यलाई घाटा लाग्न थाले पछि यो निर्णय गरेको ८-सार्वजनिक खर्च मा मितव्ययी जवाफ : होला होला त्यसैले खर्च कम गर्न पूर्व बिशिष्त र बहालवाला जनप्रतिनिधि को सुविधा बढाएको ९-खरिद अनियमिता रोक्न एकीकृत सूचना प्रणाली जवाफ :सार्वजनिक खरिद ऐन मिचेर हालै खरिद गरेको वायु सेवा निगमको जहाज ले बताउन्छ

जनताको भोट बाट जनता ढाड सेक्ने जनप्रतिनिधि लाई बहिस्कार तिरस्कार सहित भाटे कार्बाही गर्ने दिन छिट्टै आउने भयो विभिन्न उपनाम दिदै हामी सर्वहारा जनतालाई श्वासप्रश्वास फेर्नै नसक्ने गरि थिच्ने संघीयताको छिटै पतन होस त्यसैले देस को लागि सोच्ने हरु कम होइन बिरलै हुन्छन् पहिला राम्रो बनेर ठुलो पद र शक्ति पाउन नि राम्रा काम गर्छन् अनि पछि ७ पुस्तालाई पुग्ने कमाउछ्न।देस र जनता को लागि सोच्ने इच्छा शक्ति चाहिन्छ अनि त्याग पनि जुन सबै ले गर्नै सक्दैनन् ।


सम्बन्धित शीर्षकहरु

कुवेतको नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट आधिकारिक अनुमति नपाएका एयरलाइन्सहरूसँग टिकट बुकिङ वा आरक्षण नगर्न यात्रुहरूलाई चेतावनी…

नेपालको व्यस्त वसन्तकालीन आरोहण सिजन सुरु भएसँगै हिमाली क्षेत्रमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ। अधिकारीहरूका अनुसार Mount Makalu मा…

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

प्रतिकृयाहरू
...