Thursday 2nd July 2026

दुइवटा फरक ठाउँमा अागलागी र पानीमा डुबेर २ बालबालिकाको मृत्यु


तितोपाटी – दुइ फरक घटनामा २ जना बालबालिकाको ज्यान गएको छ । समाचार अनुसार पाँचथरको फालेलुङ गाउँपालिका–५ स्थित एक घरमा आगलागी हुँदा २१ महिनाकी बालिकाको आगोले जलेर मुत्यु भएको छ । छोरीलाई बचाउने क्रममा आमा गम्भीर घाइते भएकी छिन् । घरमा आगलागी हुँदा अविनारायण राईको छोरी सुमिता राईको जलेर मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ ।

आमा कमला छोरीलाई घरभित्र सुताएर घाँस काट्न गएकी र श्रीमान् पनि अलैँची बगानमा काम गर्न गएका थिए । घरमा आगो लागेको देखेर घर फर्किंदा छोरी आगोले जलिरहेको अवस्थामा देखेपछि बचाउने क्रममा आमा पनि घाइते भएको पाँचथर प्रहरीले जनाएको छ । आगोले जलेर गम्भीर अवस्थामा भएकी ३५ वर्षीया कमलाको पाँचथर अस्पतालमा उपचार हुन नसकेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

घर एकान्तमा रहेकाले स्थानीयवासीलाई घटनास्थल पुग्न समय लागेकाले पनि तत्काल आगो नियन्त्रणमा आउन नसकेको स्थानीयवासीले बताएका छन् । दुईतले घर आगलागीबाट नष्ट हुँदा मानवीय क्षतिसँगै रु सात लाख ६५ हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताए ।

त्यसै गरि कञ्चनपुरमा नालामा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी नगरपालिका– ६ बसईका १३ वर्षीय उमेश चन्द रहेका छन् ।

बुधबार दिउसो साथीसँग पौडी खेल्न गएका उमेश नालामा डुबेर वेपत्ता भएका थिए । उनको शव बैशाखा पुल भन्दा एक सय ५० मिटर पर खोलामा भेटिएको ईलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज प्रहरी निरीक्षक चुडामणी पुनले बताए । बालकको खुट्टा पानीमा देखि पछि पुन आफै खोलामा पसि शब निकालेका थिए ।

कञ्चनपुर प्रहरीले बर्षातका बेला आफ्ना नानीहरुलाई खोला, नदी तर्दा होसियारी अपनाउन आग्रह गर्दै आएको थियो ।


सम्बन्धित शीर्षकहरु

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी लेबनानमा तैनाथ इजरायली सैनिकहरूको भ्रमणका क्रममा इजरायल र लेबनानले एकअर्कालाई सार्वभौम राष्ट्रका रूपमा स्वीकार गरेको…

जर्मनीको उत्तरी शहर स्टाडेमा रहेको हेरचाह केन्द्रमा सोमबार भएको गोलीकाण्डमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने केही घाइते भएका…

भेनेजुएलामा गएको शक्तिशाली दुईवटा भूकम्पले देशलाई गम्भीर संकटमा पारेको छ। पहिले नै आर्थिक संकट, सरकारी कमजोरी र प्रतिबन्धका कारण कमजोर…

प्रतिकृयाहरू
...