Tuesday 17th March 2026

अफ्गानिस्तानको राजधानी कावुलको ट्यूसन सेन्टरमा बम बिष्फोट, ४८ को मृत्यु, ६७ घाइते


तितोपाटी – अफगानिस्तानको राजधानी काबुलको एक ट्युसन सेन्टरमा आत्मघाती बम आक्रमण हुँदा ४८ जनाको मृत्यु भएको छ भने ६७ जना घाइते भएका छन्।

काबुलमा रहेको ट्युसन सेन्टरमा पढाई भइरहेका बेला आत्मघाती हमलाकारीले आएर आफैलाई बिस्फोटमा पारी हमला गराएको अफगानी प्रहरीले जनाएको छ।

ट्युसन सेन्टरमा पढाइ चलिरहेका बेला विस्फोट गराइएकाले मृत्यु हुनेमा अधिकांश किशोर–किशोरीहरु रहेका छन्। उनीहरू विश्वविद्यालयको प्रवेश परीक्षाको तयारीका लागि ट्युसन पढिरहेका थिए।

दुर्घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएका छैनन्। तालिवानले घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ।

यस्तै उत्तरी राज्य बाघलानमा गरिएको आक्रमणमा परी ३५ सैनिक र ९ प्रहरीको ज्यान गएको छ ।

तालिबानले सियाहरुको बाहुल्यता रहेको उक्त क्षेत्रमा भएको घटनामा आफ्नो हात नभएको बताएको छ । अफगानिस्तानको सियाहरु माथि विशेष गरेर इस्लामिक स्टेट समूहका सुन्नीहरुले लक्षित बनाउने गरेका छन् ।

काबुलको शैक्षिक केन्द्रमा गरिएको आक्रमण लगत्तै तालिबानले आफूले आफगानिस्तानमा कार्यरत रेडक्रसका कर्मचारीहरुलाई उपलब्ध गराउँदै आएको सुरक्षा प्रत्याभूति अब दिन नसक्ने बताएको छ । काबुलका कारगारमा बन्दी जीवन बिताइरहेका तालिबानी बन्दीहरुलाई गरिने व्यवहारका बारे समाचार आएसँगै तालिबानले सो कुरा बताएको हो ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

प्रतिकृयाहरू
...