Friday 26th December 2025

सन्काहा पाइलट जसले श्रीमतीको ज्यान लिन घरमाथि खसाए विमान


तितोपाटी – अमेरिकाको ऊटामा डुएन युड नामका एक व्यक्तिले आफ्नी पत्नीको हत्याका लागि घरमै हवाईजहाज दुर्घटना गराएका छन् ।

घटनामा यी युवाको पनि ज्यान गएको छ । पत्नी र छोरा घर भित्रै भएर पनि उनीहरु बाँच्न सफल भएका छन् । पुलिसका अनुसार आरोपीले पत्नीलाई कुटपिट गरेका थिए ।

पुलिसले उनलाई सोमबार घरेलू हिंसाको आरोपमा गिरफ्तार गरेको थियो । यसबाट दु:खी भएका डुएनले पत्नीसँग बदला लिने योजना बनाए । प्रहरीको हिरासतबाट छुटेपछि ती युवाले हवाईजहाज चोरी गरेर आफ्नै घरमा दुर्घटना गराइदिए ।

पुलिस सार्जेन्ट नोएमी स्यानडोवालका अनुसार डुएन एक व्यावसायिक पाइलट थिए । उनी भ्यानकन नामको निर्माण कम्पनीका लागि जहाज उडाउने काम गर्थे ।

सोमवार गिरफ्तारीको केही बेरमै उनलाई प्रहरीबाट जमानतमा रिहा गरियो । त्यसपछि उनी सीधै आफ्नो निर्माण कम्पनीमा पुगे । त्यहाँबाट उनले सेसना ५२५ जेट विमान उडाएर स्थानीय समयानुसार मंगलबार बिहान २ बजेर ३ मिनेटमा आफ्नै घरमा दुर्घटना गराए ।

स्लेज बुहलर नामका छिमेकीका अनुसार सोमवार अबेर राति घरमाथिबाट हवाईजहाज उडिरहेको सुनिएको थियो । ‘म बाहिर निस्कँदा जहाज जमिनतर्फ आइरहेको थियो’, उनले भनेका छन्, ‘सुरुमा हवाईजहाज पहाडमा ठोक्किएला ठानेको, तर मेरै छिमेकी घरमा पस्यो ।’


सम्बन्धित शीर्षकहरु

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहू कतारगेट प्रकरणका कारण आफ्नै देशले घेरिएका छन्। उनको सरकारका मानिसहरू उनीसँग रिसाएका छन्। अन्य नेताहरूले उनको…

बेइजिङ/शेन्जेन — चीनले अत्याधुनिक सेमिकन्डक्टर प्रविधिमा पश्चिमी देशहरूको दशकौँदेखिको वर्चस्व तोड्ने दिशामा ठूलो र गोप्य कदम चालेको खुलासा भएको छ।…

प्रतिकृयाहरू
...