Thursday 15th January 2026

नुवाकोटमा बस दुर्घटना, ५७ जना घाइते, ८ जनाको अबस्था गम्भिर


तितोपाटी – नुवाकोटको विदुर नगरपालिका–९ लामाटारमा बस दुर्घटना हुँदा ५७ जना यात्रु घाइते भएका छन्। बुङताङबाट त्रिशुली आउँदै गरेको बा २ ख २८०४ नम्बरको बस बालुवा बोकेको मिनिट्रकलाई बाटो दिएर अघि बढ्ने क्रममा दुर्घटना भएको छ। घाइते ८ जनाको अवस्था गम्भिर छ। गम्भिर घाइतेहरुलाई जिल्ला अस्पताल त्रिशुलीबाट थप उपचारको लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख बसन्तबहादुर कुंवरले बताए।

काठमाडौँ उपचारको लागि पठाइएको घाइतेहरुमा घिसिङ तामाङ, वीरबहादुर विक, होमबहादुर लामा, प्रेमसिंङ तामाङ, विवामायाँ घले, पूर्ण लामा, उत्तम तामाङ र मङगली रहेका छन्। घाइते अन्यको जिल्ला अस्पतालमा नै उपचार भइरहेको छ।

अन्य घाइतेहरुमा ४० जना पुरुष र १७ जना महिला रहेका छन्। घाइते हुनेमा अधिकांश बुङताङ, साल्मे र देउराली यात्रुहरु रहेका छन्।

बुङताङबाट विहान ८ बजे यात्रु लिएर हिडेको बस ९ :४५ बजेको समयमा लामाटार आइपुग्दा दुर्घटना भएको बसधनी बुङताङका मानबहादुर तामाङले बताए। सडकबाट करिब ५० मिटर तल खसेको बस समेत क्षतविक्षत भएको प्रहरी कार्यालयले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...