Wednesday 9th September 2026

पश्चिम रूकुममा खुकुरी प्रहार गरेर छोरा र भार्इको हत्या


तितोपाटी – पश्चिम रूकुममा यहाँका एक व्यक्तिले खुकुरी प्रहार गरी छोरा तथा भाइको हत्या गरेका छन् । मुसीकोट नगरपालिका–१४, लोरिवाङका ३६ वर्षीय शंकर विष्टले बुधबार बिहान ६ वर्षीय छोरा सुदर्शन विष्ट र २० वर्षीय भाइ गोकर्ण विष्टको हत्या गरेको प्रहरीले जनाएको छ ।

अन्धाधुन्ध खुकुरी तथा हसिया प्रहार गर्दा शंकरका अरु २ छोरा घाइते भएका छन् ।

छोरा, भाइको हत्या र २ छोरालाई घाइते बनाएपछि शंकर आफूले पनि आत्महत्याको प्रयास गरेको जनाइएको छ । शंकरले आफूमाथी पनि हसिया प्रहार गरेको खुलेको छ ।

शंकर तथा घाइते दुई छोरा १३ वर्षका प्रकाशसिङ विष्ट र ९ वर्षका दिनेश विष्टको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । घटनाको विस्तृत विवरण अँझै खुली नसकेको डिएसपी खड्काले बताए । शंकरको २ वर्षदेखि मानसिक सन्तुलन गुमेको सुन्नमा आएको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...