Thursday 2nd July 2026

नेपालमा पनि भिख माग्नेलार्इ १ महिना जेल र १ हजार रूपैयाँ जरिवाना


तितोपाटी – राजधानी शहरमा विशेषगरी सुन्धारा, रत्नपार्क, जमल लगायतका सडकमा तथा आकाशे पुलको किनारमा थलो जमाएर अपांग तथा रोगले ग्रसीत ब्यक्ती तथा महिला केटाकेटीहरु माग्न बसेका देख्दै आएका छौं ।माग्ने बहानामा कति त तिनीहरुबाटै लुटिंदै आएका छन् ।एक पछि अर्को गदै राजधानीका प्रमुख स्थानहरुमा यसरी माग्न बस्दा यात्रुलाई यात्रा गर्न कठीन हुने त छँदैछ आन्तरीक तथा बाह्य पर्यटकका दृष्टिले पनि शहर कुरुप तथा अशोभनीय देखिएको छ ।

यस्तैमा मुलुकी ऐनको नयाँ नियमअनुसार अब भदौ १ गत्तेदेखि यसरी चोक तथा सहरका सडक पुलमा बसेर माग्न नपाईने भएको छ ।मुलुकी अपराध (संहिता) ऐन दफा १२६ अनुसार यदि यसरी मागेको भेटिएमा जरिवाना र कैद सजायको ब्यवस्था गरीएको छ ।जसमा भनीएको छ ‘कसैले कुनै सार्वजनिक स्थानमा भिक्षा माग्न वा बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा वा कुनै काम गर्ने बाहनामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा भिक्षा माग्न दुरुत्साहन दिनुहुँदैन ।’

बर्जित सार्वजनिक स्थानमा सडक, गल्ली, पार्क, बसपार्क, सरकारी कार्यालय र सार्वजनिक सवारी साधन भनेर एैनमा किटान गरीएको छ जसअनुसार पहिलोपटक भिक्षा मागेमा एक महिना कैद वा १ हजार जरिवाना लाग्छ । दोस्रो पटकदेखि प्रत्येक पटक २ महिनासम्म कैद वा २ हजार जरिवाना गर्ने ऐनमा उल्लेख गरिएको छ ।यद्यपी यस ऐनले परम्परादेखि चलिआएको साधुसन्त ,भिक्षु,जोगीलाई भने माग्न छुट दिएको छ र मागेमा कसुर अन्तर्गत नमानिने जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी लेबनानमा तैनाथ इजरायली सैनिकहरूको भ्रमणका क्रममा इजरायल र लेबनानले एकअर्कालाई सार्वभौम राष्ट्रका रूपमा स्वीकार गरेको…

जर्मनीको उत्तरी शहर स्टाडेमा रहेको हेरचाह केन्द्रमा सोमबार भएको गोलीकाण्डमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने केही घाइते भएका…

भेनेजुएलामा गएको शक्तिशाली दुईवटा भूकम्पले देशलाई गम्भीर संकटमा पारेको छ। पहिले नै आर्थिक संकट, सरकारी कमजोरी र प्रतिबन्धका कारण कमजोर…

प्रतिकृयाहरू
...