Friday 7th November 2025

सिरियामा विद्रोहीको हतियार भण्डारमा विष्फोट हुँदा कम्तिमा ३९ को मृत्यु


तितोपाटी – सिरियाको उत्तर-पश्चिमी प्रान्त इड्लीबमा एउटा भवनमा एउटा विस्फोटन हुँदा कम्ती ३९ जना मारिएका छन्। मारिनेमध्ये १२ जना बालबालिका छन्। विद्रोहीको पकडमा रहेको इड्लीबको सार्मदा नगरस्थित सो भवनमा एकजना हतियार तस्करको अस्त्र भण्डार रहेको ठानिएको छ।

पर्यवेक्षकहरूले अझै पनि दर्जनौँ मानिस हराइरहेको बताएका छन्।

हालैका महिनाहरूमा सिरियाली सरकारले सिरियास्थित कैयौँ विद्रोही इलाकामा कारवाहीलाई तीव्र पारेको छ।

ईड्लीब कैयौँ विद्रोही तथा जिहादी समूहरुको पकडमा रहेको अन्तिम क्षेत्र हो। सोही कारण रुस तथा इरानको समर्थन पाएको सिरियाली सरकारको अर्को निशाना ईड्लीब हुन सक्ने बताइएको छ।

टर्कीको सीमानजिकै रहेको सार्मदा नगरमा रहेको सो भवनको भग्नावशेष हटाउन र त्यसमा फसेका मानिसलाई निकाल्न बुलडोजरहरूको प्रयो गर्नु परेको एएफपी समाचार संस्थाका एकजना संवाददाताले बताएका छन्।

मानिसहरुले भरिएका सो भवन भग्नावशेषमा परिणत भएको विवरणमा जनाइएको छ। यूकेस्थित पर्यवेक्षण समूह सिरियन अब्जरभेटरी फर ह्यूमन राईट्सले हराइरहेका दर्जनौँ मानिसको खोजी तथा उद्दार कार्य भइरहेको जनाएको छ। केही विवरणहरूका अनुसार मृतकको संख्या अझ बढ्न सक्नेछ।

सो भवनमा आश्रय लिइरहेकामध्ये अधिकांश सिरियाको मध्य होम्स प्रान्तबाट विस्थापित भएर आएका सिरियाली नागरिकहरू रहेको विश्वास गरिएको छ।

विस्फोटको वास्तविक कारण थाहा भइसकेको छैन।

-बीबीसीबाट


सम्बन्धित शीर्षकहरु

कुवेत एयरवेजले कार्गो र विभिन्न व्यापार आदानप्रदान सेवाहरू बढाउन लुलु हाइपरमार्केट कुवेतसँग संयुक्त सहयोग प्रोटोकलमा हस्ताक्षर गरेको छ। अल-फगान: लुलु…

न्यूयोर्क शहरको मेयरमा जोहरान ममदानीको चुनावी जितको उत्सव मनाउन भारतीयहरूले बुधबार सामाजिक सञ्जालमा उज्यालो छाए, उनले आफ्ना भारतीय मूलका आमाबाबुलाई…

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० पार्टी/समूहबीच एकता घोषणा भएको छ । बुधबार (कात्तिक १९) भृकुटीमण्डपमा एक कार्यक्रम…

प्रतिकृयाहरू
...