Sunday 11th January 2026

अमेरिकी अन्तरिक्ष अनुसन्धान सँस्था (नासा)ले सुर्य बारे अध्ययन गर्न क्षेप्यास्त्र पठायो


तितोपाटी – अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) ले सूर्यको सतहको अध्ययनका लागि आइतबार एक अर्ब ५० करोड अमेरिकी डलरको महत्वाकांक्षी एवं ऐतिहासिक अभियान सफल बनाउन अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको छ। यो अभियानले सौर्य आँधीको रहस्य पत्ता लगाउने अपेक्षा वैज्ञानिकहरुले गरेका छन्।

“तीन, दुई, एक, ब्लास्टअफ” फ्लोरिडास्थित केप कानाभरालबाट डेल्टा–४ रकेट प्रक्षेपणका क्रममा विवरण सार्वजनिक गर्नासाथ हालसम्मकै तीव्र गतिको रकेट स्थानीय समयअनुसार बिहान ३:३१ बजे अँध्यारो आकाशतर्फ उडेको थियो। यस अनुसन्धान मिसनको नाम “पार्कर सोलार प्रोब” राखिएको छ।

यो मानवरहित अन्तरिक्ष यान इतिहासमै पहिलोपटक मानव निर्मित बस्तु सौर्य प्रणालीको सबैभन्दा नजिक पुग्नेछ। सात वर्षको यस मिसनअन्तर्गत पार्कर सोलार प्रोब सौर्य वायुमण्डल (कोरोना) मा प्रवेश गर्नेगरी डिजाइन गरिएको छ।

यसलाई अतिशत–शक्तिशाली ताप प्रतिरोधकले सुरक्षित गरिएको छ। नासाका वैज्ञानिकहरुका अनुसार, यो अन्तरिक्ष यान सूर्यको सतहबाट ३८ लाख माइलभित्रको क्षेत्रमा प्रवेश गर्नेछ जसलाई कोरोना भनिएको छ। यो क्षेत्र सूर्यको सतहभन्दा ३०० गुणा बढी तातो हुने ठानिएको छ। रासस


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...