Monday 5th October 2026

कास्कीमा प्रहरीद्वारा ठुलो परिमाणमा घरेलु मदिरा नष्ट


तितोपाटी – कास्की प्रहरीले ठुलो परिमाणमा घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ । वडा प्रहरी कार्यालय बैदामले ८ हजार लिटर घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको हो ।

पोखरा – ९ बसपार्क स्थित विभिन्न भट्टी पसल तथा होटलबाट मदिरा र कच्चा पदार्थहरु नियन्त्रणमा लिई नष्ट गरिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरिक्षक नवीन कार्किले बताए । घरेलु मदिरा उत्पादन र बिक्रि बितरण वढेको भन्ने सुचनाको आधारमा प्रहरीले नष्ट गर्ने अभियान चलाएको हो ।

घरेलु मदिरा सेवनबाट समाजमा घरायसी हिंसा र अन्य जघन्य अपराधहरु वढेकोले नियन्त्रण अभियान चलाएको कार्कीले बताए।


सम्बन्धित शीर्षकहरु

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। पाँच जना चिनियाँ…

नासाको पर्सिभरेन्स (Perseverance) रोभर ले मंगल ग्रहको जेजेरो क्रेटर (Jezero Crater) क्षेत्रमा गरेको अध्ययनले त्यहाँको पानीको इतिहास वैज्ञानिकहरूले सोचेभन्दा धेरै…

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

प्रतिकृयाहरू
...