Monday 5th October 2026

मोनिका घले बनिन् ‘ मिस नेपाल नर्थ अमेरिका २०१८’


तितोपाटी – मोनिका घले न्युयोर्कमा सम्पन्न प्रथम नेपाल नर्थ अमेरिका २०१८ को बिजेता घोषणा भएकी छिन् । प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ का लागि अन्तिम १७ प्रतियोगीहरुको छनौटका क्रममा घले विजयी बनेकी हुन् ।

त्यस्तै प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ को प्रथम बिजेता सुजाता लामा तथा द्वितीय श्रीजना राई घोषणा भएकी छन ।

गत अगस्त ६ तारिखबाट छनोट सुरु भएको उक्त प्रतियोगिता ११ तारिखमा विजेता घोषणा गरिएको हो । अन्तिम १७ जना प्रतियोगीहरुमा छनौट हुने प्रतियोगीहरु अमेरिकाका विभिन्न राज्यहरु,मेक्सिको र क्यानडाबाट समेत सहभागिता भएका थिए ।

पहिलो चरणमा १७ जना प्रतियोगीहरु सहभागीमध्ये दोस्रो चरणमा १० जना पुगेका थिए । दोस्रो चरणमा पुगेका १० मध्ये अन्तिम चरणमा पुगेका ५ मध्ये मिस नेपाल नर्थ अमेरिका २०१८ की बिजेता ,प्रथम विजेता तथा द्वितीय विजेता घोषित गरिएको थियो ।

सन २०१० कि मिस नेपाल सदिक्षा श्रेष्ठले सम्पूर्ण कोरियोग्राफ सम्बन्धमा तालिम तथा मिस टुरिजम इन्टरकन्टिनेन्टल २०१८ तथा मिस वुमेन न्यू योर्क २०१७ कि मिस फतेना क्वासेमले तालिम दिएका थिए ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा दुईवटा डुंगा आपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं यात्रु बेपत्ता…

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अफगानिस्तानका शिक्षा मन्त्री हबिबुल्लाह आगा र उच्च शिक्षा मन्त्री नेदा मोहम्मद नदिमविरुद्ध पक्राउ पुर्जी जारी…

प्रतिकृयाहरू
...