Tuesday 5th August 2025

झापामा ११ वर्षीया बालिकालार्इ ७० वर्षे वृद्धद्वारा बलात्कार


तितोपाटी – झापामा बालिका बलात्कारका घटना बढेका छन् । अर्जुनधारामा १५ वर्षीय किशोरबाट ४ वर्षीय बालिका बलात्कृत भएको घटना सेलाउन नपाउँदै फेरि अर्को बलत्कारको घट्ना सार्वजनिक भएको हो ।

इलाका प्रहरी कार्यालय, बिर्तामोडका अनुसार अर्जुनधारा–११, सालबारीका ७० वर्षीय वृद्ध मानबहादुर बानियाँ ११ वर्षीय बालिकालाई बलात्कार गरेको अरोपमा पक्राउ परेका हुन् ।

कार्यालयका प्रमुख डिएसपी कृष्ण कोइरालाका अनुसार दिउँसो करिब ३/४ बजेको घटना केही ढिला गरी प्रहरीमा जानकारी गरिए पनि साँझ ७ बजे वृद्धलाई पक्राउ गरिएको छ ।

स्थानीयका अनुसार पीडित बालिकाकी हजुरआमाले देखेपछि वृद्ध फरार भएका थिए । साँझ स्थानीयको सहयोगमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

पीडित बालिका र पीडक वृद्धलाई स्वास्थ्य परीक्षणका लागि मेची अञ्चल अस्पताल, भद्रपुर पठाइएको डिएसपी कोइरालाले  बताए ।

उनका अनुसार पक्राउ परेका बानियाँमाथि स्वास्थ्य परीक्षणपछि जबरजस्तीकरणी अन्तरगत मुद्दा चलाउने तयारी गरिएको छ । थप अनुसन्धान भइरहेको उनले बताए ।


सम्बन्धित शीर्षकहरु

मनिला: भारतीय नौसेना युद्धपोतहरूले पहिलो पटक आफ्ना फिलिपिनी समकक्षीहरूसँग विवादित दक्षिण चीन सागरका क्षेत्रहरूमा गस्ती सुरु गरेको मनिलाको सेनाले सोमबार…

चीनले ६ महिनासम्म अवतरण नगरी उड्न सक्ने सौर्य ऊर्जाबाट चल्ने ड्रोनको परीक्षण गर्‍यो सिनजियाङको मरुभूमिमा, चीनले उच्च-उचाइको सौर्य ड्रोनको वास्तविक-विश्व…

नेपाली जनताले बहुदलको शासन व्यवस्था अंगालेको ३६ वर्ष भइसक्यो । यो अवधिमा देशको बागडोर तीन प्रमुख दल — नेपाली कांग्रेस,…

प्रतिकृयाहरू
...